annapurna add

Dilliraj Acharya


माथि परयो सिरसेनी गाँउ गुरुङजाति बस्ने
तल पर्याे धनवोट हजुर धेरै जनै घस्ने ।
चिसो हावा ठण्डा पानी माछापुच्छ्रे टाढा
जहाँ गए नि जन्मभूमिनै हुने रैछ गाढा ।
सुस्याएका बनपातले शीत तपतप् झार्छन्
न्याउलीले नि स्वर थप्दै थपडी पो मार्छन् ।

वर्षदिनमा एक पाइलो टेक्न पाएँ भने
आल्हादित हुन्छ हजुर मेरो भित्री मनै ।
चिसो पानी पधेँराको सल्लेरीको हावा
ढुङ्गे फूल पहराका बनका सुनगाभा ।
कुटी लेक टुप्पी सरी हेर्ने तराइ फाटँ
अलि अलि सर्सदोँ छ विकासको छाँट ।

हुने खाने पढ्ने जति लागे सहर तिर
गरी खाने श्रमजीवी चाहार्छन धेरै भिर ।
सम्झना यो आइरहने धनवोट त्यो गाउँ
जन्मे जहाँ हुर्के जहाँ त्यहि रहयो नाउँ ।
सके पदचाप बढ्नु पर्छ हरेक वर्ष धेर
प्राण भन्दा प्यारो लाग्ने जनम भूमि हेर ।

गुराँस रातै फुल्दा मन फुर्किन्छ है मेरो
सिम्ठा टिपी खादैँ घुम्ने वनको सेरोफेरो ।
ओडारमुनि ओत लाग्दा गुफा पसे जस्तो
झरनाका छङ्गछङ्गी ती धूनपनि कस्तो ।
मारुनेको ढल्के कम्मर युवा नजर कर्के
मदलेमा गनिएका डोरा माइला हर्के ।

पहिले पहिले जाउँभन्दा नमानेर झर्के
कोरोनाको कहरदेखि नआउने गाँउ फर्के ।
म त जान्छु मौका मिले गाउँ बेसीँ सधैँ
ढिलो भए मन आतिन्छ कुडिन्छ पो अझै ।
बाँउ बाजेले जीवन धाने माटो खनी खनी
सधैँ सम्मान गरे त्यसको प्रियभूमि भनी ।

मीठो खान्की ठूलो वान्की गाउँले जान्दैन
आडम्बरी हेलो होँचो त्यो गाँउले मान्दैन ।
नबिर्सनु जनम् भूमि गर्नु गाउँको मायाँ
मरि जाने चोला हो यो दुइदिने रामछायाँ ।
लौत यस्तै भयो आज गाउँको हुटहुटी
सबै फर्की लौ जाउँ है गाउँमै गुटुट्टुटी ।

(डिल्लीराज आचार्य / माइस्थान, वीरगन्ज)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...