annapurna add

dipak sir lockdown diaryराज्य संचालनमा ब्यबस्थापनमा देखिएको कमजोरिको फलस्वरूप हतारमा विना सुझबुझ अपरिपक्व निर्णयहरुले आत्मघाती सिद्ध त भयो नै जनजन ले दु:ख पनि पाए,हाम्रो महान पार्टीको सर्वत्र आलोचना भयो र साच्चै भन्ने हो भने सधै माक्स लगाएर मुख छोपेर हिड्नु पर्ने अवस्था सृजित भयो यो विचमा के के भयो अब के गर्ने मेरो बिचारमा...

१) कोरोना भाईरस चिनमा देखा पर्ना साथ हामिले संक्रमण बाट वच्न तयारी गरि तत्काल स्वास्थ्य सामग्री खरिद तथा उत्पादनको तयारी गरेनौ !

२)अन्तरास्ट्रिय नाकामा सुरुमै चेकजाँच कडा गरि मुलुक भित्रने नागरिकलाई तथ्यांक राखी क्वारेन्टाइनमा राख्नुपर्दथ्यो त्यसो गरेनौ ।

)अन्तरास्ट्रिय उडानबाट भित्रने प्रत्येक नागरिकलाई पनि क्वारेन्टाइन मा राख्ने र अन्तर्राष्ट्रिय उडान बन्द गर्न ढिलाई गर्यौ।

) एक्कासी तर ढिला भैइसकेपछी लकडाउन बन्द गर्यौ त्यस्ले राजधानी र शहरमा अस्थाई बसोबास गर्ने नागरिकलाई आफ्नो गाउँ जान समेत नदिई बन्दी बनायौ।

) श्रमिकहरु को सवालमा स्वास्थ्य परिक्षण गरि सुरक्षित ढंगले आफ्नो थातथलो जान दिएनौ, र खानको लागि बाच्नको लागि ब्यबस्थित तयारी गर्न सकेनौ। परिणामत पैदल हिडेर लकडाउन तोडेर हप्तौं सम्म हिड्न विवस बनायौ।

) लक डाउन खुलेको घोषणा नगरी हजारौ यात्रुहरुलाई कस्टकर पैदल र अत्यधिक भिड्भाडको बिचबाट पानीमा रुझ्दै भिज्दै विना तथ्यांक गाउँघर जान बाध्य बनायौ।

)भारतिय सिमामा बिचल्लिमा अलपत्र रहेकालाई आफ्नै मुलुकमा भित्र्याएर क्वारेन्टाइनमा राख्न सकेनौ उनिहरुको हृदयविदारक दृश्य तथा उनिहरु र आफन्तलाई पल पल तड्पिरहन वाध्य बनायौ ।

)लक डाउन भएको एक महिना बितिसक्दा बिदेशमा श्रम गरेर मुलुकमा रेमिट्यान्स पठाएर अर्थतन्त्र धानिदिने ती महान श्रमिकहरु को कम्पनी बन्द भएर भोकभोकै बस्नु परेको अवस्थालाई मध्यनजर गरि उनिहरुको बारेमा ठोस योजना बनाउन सकेनौ।

) यो महाविपत्ती ल्याउने कोरोना भाईरस को सम्बन्धमा सहि सुचना सचेतना दिन सकेनौ RDT कीटमा पोजेटिभ PCR नेगेटिभ मात्र भनिरहेका छौ। ग्रामिण भेगमा पर्खाल लगाउने पुल भत्काउने मानिस मानिस प्रती घृणा जागृत गरायको देखियो।

१०) यस्त्यो भयावह स्थिती संसारभर आईरहदा र विश्व त्रसित र शोकमा रहदा हामिले देश र नागरिक प्रती उच्चमनोवल का साथ यो लडाई जित्ने र भावीदिनमा आउने चतर्फी चुनौतिको बारेमा ठोस योजना निर्माण गर्न सकेनौ।

११) यो महाविपत्ती सँग पहिलो घेरा बाट लड्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई उच्च मनोवल का साथ काम गर्न जाँगर लाग्ने बनाउन सकेनौ।

१२) संसार यो भाईरस संग लडिरहदा हाम्रै सरकारका केही मन्त्रीहरुको कार्यशैली प्रस्तुती र व्यवहार सुन्दापनि दिक्दार लाग्ने देखियो, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री विरामी अवस्थामा हुनुहुन्थ्यो तर स्वास्थ्य लाभ पश्चात् उँहाको सम्बोधन र पटक पटकको भनाईले पार्टिको महत्व एकताको भाव र अहिलेको कहाली लाग्दो समयमा ब्यंज्ञ वाण र घोचपेच मात्र देखियो।

१३)उच्चस्तरीय संयोजकको निर्णयहरु बिबादास्पद त भैइनै रह्यो सँगसँगै निर्णयहरु पनि लस्गु भएनन् अहिले पनि राजधानी बाहिरका नागरिकहरु साझपरेपछी भिडभाड सहित विना स्वास्थ्य परिक्षण वाहिरिरहेको देखेकै छ।

१४) यो विचमा पटक पटक सरकारले निर्णय गर्ने र फिर्ता लिने क्रम जारी रह्यो पछिल्लो घटना २ अध्यादेशले त सरकार संचालन गर्नेहरुको नेतृत्व क्षमतामा गम्भीर प्रश्न चिन्ह त खडा भयो संँगसंँगै पार्टीको ओझ गरिमा छवि प्रती कालो धब्वा लाग्यो।

कोरोना भाईरासको कारण मुलुकको आर्थिक सामाजिक राजनितिक हरेक क्षेत्रमा असर परेको छ कलकारखाना, उधोग, व्यापार ब्यबसायी बारेमा, श्रमिकहरुको बारेमा, बेरोजगारको बारेमा र आम नागरिक लाई राहत कसरी दिने? भोलि बिदेशबाट आउने लाखौ श्रमिकहरुको बारेमा के गर्ने कुन कुन क्षेत्रलाई कसरी राहत दिने ? ठोस योजना नहुदा संक्रमनबाट बिजयी हुदा पनि सम्भावित गृहयुद्ध हुनसक्छ, लाखौ बेरोजगार हुदा पर्यटन बन्द हुदा,कल कारखाना उधोग, होटल, यातायात लगायत निर्माण क्षेत्र सवै तहसनहस हुदा अर्थतन्त्र धरासायी पक्कै हुनेछ अनि त्यो बखतको लागि सम्भावित चुनौतिलाई कसरि अवसरमा बदल्ने त्यतातिर ध्यान दिने वेला आफ्नै घर भत्काउने अर्काको घर भत्काउन पहल गर्ने घृणित अकल्पनिय काम ब्यहार गरेको सुन्दा हामिलाई कति पीडा हुन्छ होला ?

पहिले आफ्नो घर मिलाउने कमिकमजोरी सुधार्ने आम कार्यकर्ता र जनताले गरेका आलोचनालाई सुझावको रुपमा ग्रहण गर्ने इतिहासबाट पाठ सिक्दै कमजोरी र गल्ती प्रती आत्माअलोचना गर्दै देश र जनताको नाममा खाएको सफत र पार्टीले बनाएको बिधानलाई पुर्ण पालना गर्दै सम्बृद्व नेपाल सुखी नेपाली बनाउन को निमित्त जाल्झेल,षडयन्त्र, तिकडमबाजि र घृणित खेलहरु भन्दा माथी उठेर नैतिकतालाई इमान्दारितालाई कम्युनिस्ट आचरणलाई प्रतिवद्व भैइ निस्वार्थभावले एकता संघर्ष र रुपान्तरण को मर्मका साथ बलियो एकता कायम गरि अघि फेरि लम्कन तयार बनौ।

(दिपक केसी अखिल नेपाल यातायात मजदूर संघका केन्द्रिय उपाध्यक्ष हुन् !)

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...