1478958692 banner ad format

 
 

गजल

म खोज्दछु जताजतै कहाँ छ जिन्दगी यहाँ,

म रोगग्रस्त छुु सधैँ कहाँ छ अौषधी यहाँ।

-

चरा भए गगन चुमी उडान भर्न पाउँथेँ,

शिला भएँ लडिरहेँ सधैँ भएँ दुःखी यहाँ।

-

छ मार्गबीच देश यो न लक्ष्यको प्रभाव छ,

यो देश हाँक्न सक्छ को बनेर सारथी यहाँ।

-

खुसी छ को कहाँ भनौँ तमाममा अभाव छ,

हजार नेत्रमा सधैँ हजार छन् नदी यहाँ।

-

दिएर मात्र हौसला फरक हुनेछ जिन्दगी,

भएन साथमा सँगै हिँडिदिने सखी यहाँ।

 
DK yatri
डी के यात्री, मकवानपुर 
 
 

प्रकासित मिति

Loading...

 

yummyfood