1478958692 banner ad format

 
 

गजल 

Euta Bulanda Aawaj

कतै छैन एकता दौडिरहेछ ।

भै रहेछ बेपता दौडिरहेछ।।

बिस्तारै हिंडे पनि मृत्यु सम्म पुगिन्छ ।

हेर त्यस्को मूर्खता दौडिरहेछ।।

मान्छे जन्मिएर बूढो हुँदै जाँदा ।

झन् झन् व्यस्तता दौडिरहेछ।।

हामी जति पुराना हुँदै आएका छौ।

नेपालीको वीरता दौडिरहेछ।।

मान्छेहरु मान्छे बन्ने पर्खाइमा छ्न ।

तर हेर मानवता दौडिरहेछ।।

लेखक : एउटा बुलन्द आवाज 

प्रकासित मिति

Loading...