annapurna add

facebook profile picकाठमाडौं : पुसको चिसो मौसम । सिरकमा गुडुमुडु भएर फेसबुकको वाल आफ्ना यि हातले दौडाइ रहेकी थिइ । कसैको स्टाटर्स, कसैको फोटो, कुनै न्यूज, कुनै भिडियो फेसबुकमा देखिएको सबै चर्तिकला मेरा यि ४ आखाँ (चस्मा) ले झिमिक नगरि हेरिरहेको थियो । हात जतिनै गलोस्, आखाँ जति नै टट्टाओस्, भोक जति नै लागोस्, कतै जान ढिला नै किन नहोस् कयौं वर्षदेखि यो फेसबुक मोह अलिकति पनि कम भएको छैन । यो फेसबुकमा के छ त्यो पनि थाहा छैन मलाई ।

यतिकैमा ‘फ्रेन्ड रिक्वयस्ट’ हेर्न मन लाग्यो । करिब एक हप्ता जति भएको थियो नहेरेको । १६ जनाको रिक्यस्ट पो आइसके छ । प्रायः म चिनजानकोलाई मात्र ‘एसेप्ट’ गर्छु नभए ‘डिलेट’ । धेरै त नचिनेको कै ‘रिक्वयस्ट’ आएको रहेछ । ‘फ्रेन्ट रिक्यस्ट’को माथिदेखि हेरे चिनेकोलाई ‘एसेप्ट’ र नचिनेकोलाई ‘डिलिट’ । तर, अन्तिम ‘रिक्वस्ट’मा आएर मेरा आँखा टक्क अडियो ।

त्यो ‘रिक्वयस्ट’ देखेर म अचम्ममा परे । ब्लक गरेको यतिका वर्षपछि कसरी ‘रिक्वयस्ट’ आयो । मैले ‘रिक्वेयस्ट’ एसेप्ट गर्ना साथ म्यासेज आयो – “ओई.. के छ खबर? सञ्चै छयौँ ?” अँ यार.. तिमिले त माया नै मार्यौ । कहिल्यै खोजेनौँ है मलाई ?”

“मुटुभरी माया बोकेर ‘आई लभ यू, आई मिस यू’ भन्दा ब्लक गरेको होइनौ ? म त त्यो बेलादेखि आजसम्म दिनरात तिमीलाई नै सम्झेर बसिराछु । तिम्रो बाहेक अरुको हुँदिन नि । तिमलाई नै कुरी रा छु ।”– म जिस्किएँ ।

‘हा हा हा..गरेको इमोज आयो । त्यसपछि फेरि अर्को म्यासेज..‘ फेसबुकबाट भन्ने हो त ? लाटि.., एकान्तमा भेटेपछि पो भन्ने हो त ।’ कस्तो ‘सेम टू यू’ पनि भन्नै नपाई छुटिन पर्यो है।
‘एनिवेज् ढिलै भएता पनि ‘आई लभ यू, सो मच’ है। म्यासेजसँगै रातो वाला पानकै पात आईपुग्यो ।

मनमा पुराना यादहरु चलमलाउन थाले । ५ वर्षपछि फेरी उससँगका सम्बन्धहरु दिमागमा बलिया भएर आए । हामीले बिताएका ति गोधुली साँझहरु अनि रंगिन दिन । अनि हामी जबरजस्ती छुट्टिनुपरेको त्यो उराठलाग्दो दिन ।

समय पनि कस्तो अचम्मको ? उहिलेका बुढा पाकाले भनेको कुराको याद आयो । पृथ्वी गोलो र एक दिन घुम्दै फिर्दै भेट हुन्छ । त्यस्तै भयो । ५ वर्षपछिको यो पहिलो म्यासेज ।

अब ढिला नगर्ने सोचले मैले निष्कर्ष निकाले “डेभिड समयले हामीलाई जे जस्तो गराएको भएतापनि म अझै हाम्रो सम्बन्ध अघि बढाउन चाहन्छु । के तिमीसँग पहिले कै फिलिङ्स छ म प्रति ?”

“एस, बट गट टू गो ” यति भनेर त उ अफलाइन पो भए छ । कति छोटो उत्तर दिएको होला । यतिका वर्षपछि बोल्न पाउदा पनि किन धेरै बेर नबोलेको होला भनेर रिस उठ्यो फेरी अर्को मनले भन्यो, हैन हैन केहि काम परेर बिजी भयो होला । यस्तो कुरा सोच्न हुन्न भन्ने लाग्यो । त्यसपछि ती पुराना दिनहरु मेरो मस्तिष्कमा चङ्गा झैँ उड्न थाल्यो ।

मैले तत्काल उसको प्रोफाईल हेरेँ ।

म त्यतिबेला झस्किँए जब उसको कभर फोटोमा सिन्दुर–पोते लगाएर एउटी केटीलाई अंगालो मारेको फोटो देखे । मैले फोटो किलिक गरेँ, क्याप्सन देखियो – “विईथ माई हबि !”

त्यसपछि उ प्रतिको अन्तिम म्यासेज र ऊखरमाउलो मेरो मायादेखि आफैँलाई निकै लाज लाग्यो । आफैँ प्रति आफैलाई घिन लाग्यो । तत्काल उसलाई ‘ब्लक’ गरिदिँए । द नेपाल टपबाट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर