annapurna add

sundarवर्ग सङ्घर्षको थलो वा भूमि भनेर चिनीने एक जिल्ला वा क्रान्तिकारी योद्धाहरुको किल्ला हो रुकुम । तपाई रुकुम जस्तो विकट तथा दुर्गम जिल्लामा जन्मीएर सामान्तवादको समुल नष्ट गरी जनताको जनवाद स्थापना गर्ने उदेश्यका साथ मा.ले.मा वादलाई शिरोपर गरी सानैमा आफ्नो वाल्यवस्थालाई राजनितीक जिवनमा सर्मपित गर्ने महान शहिद क. वृक्षा र क. सुन्दरको संक्षिप्त जिवनी पढ्दै हुनुहुन्छ ।

रुकुमको सदरमुकाम मुसिकोट खलंगाको सेरी गाँउमा वुवा देविलाल गौतम र आमा बिष्णु गौतम को कोखबाट (जेठी छोरी) पहिलो सन्तानको रुपमा जन्मीयकी क.वृक्षा सानैदेखी असल मेहनती र शालिन भलादमी स्वभाबकि हुनुहन्थ्यो,उहाँ पछाडी एक (१) भाई र चार (४) बहिनीहरु हुनुहुन्छ । सामान्तवादका आसेपासेहरुको बाक्लो उपस्थिती रहेको समाजको बिचमा उहाँको परीवार भने कम्युनिष्ट परीवार थियो । आमा विष्णु गौतम र वुवा देविलाल गौतम ले २०२४ र २०२६ मा कम्युनिष्ट पार्टीको सदस्यता लगेर पंञ्चायति निरङकुश शाषनका विरुद्घ विद्रोहको सुरुवात गरीसक्नु भएको थियो । राजनितीक चेताना प्राप्त परीवारमा जन्मीएकी हुनाले पनि शहिद क. वृक्षामा क्रान्तिकारी चेतना पैदा भयो ,न्यायको पक्षमा वकालत गर्ने शिक्षा उहाँ घरपरीवारबाट सिक्दै जानु भयो । श्रम प्रति माया र शोषण प्रति घृणा जाग्ने ज्ञान र चेतना आमा र वुवा मार्फत उहाँले प्राप्त गर्नु भयो ।

७ बर्षको हुदा आमा घाँस काट्न गएको बेला देखि वुवा आमाको व्यस्तताको वेला खाना पकायर भाई बहिनीलाई दिएको कुरा आमा बिष्णु गौतम लाई याद आइरहन्छ । आमा भन्नु हुन्छ उनि सानैदेखि श्रमसिल थिइन,उनका वाल्यकालका साथीरु ठुलो वुवा स्कन्द शर्माको छोरी पर्तिक्षा ,बहिनी नारायणी,दाई बसन्त शर्मा र कान्छावुवा को छोरी बहिनी रमा गौतम र भाई भेषराज गौतम थिए । उनिहरु एक आपसमा कपडा,चप्पल,जुता साटासाट गरेर लगाउने देखी एउटै थालीमा भात खाने, लुकामारी र माइति बेहुली खेल्ने गर्दथे त्यसमै रमाउथे । एक कक्षा देखी १० कक्षा सम्म पढेर संगै एस.एल.सि गर्ने दिदी परम्परा गौतम (वृक्षा) बहिनी नारायणी शर्मा (प्रतिक्षा) २०४६ अगाडी नै पञ्चायति शाषणको विरुद्ध कालो झण्डा बोक्ने ,नारा वालीङ गर्ने र विध्यार्थी संगठनका काम गर्थे ।

२०५२ सालमा महान जनयुद्धको थालनीको बेला वाल्यकालका साथीहरु परम्परा,बसन्त र विजया एकै दिन युद्ध थलोमा निस्कीए ।

जनयुद्ध थालनिकै बेलादेखि नै आन्दोलनमा सक्रिय रुकुम चुनवाङ्गको लाखरखोला मा २०३० सालमा कान्छो छोराको रुपमा जन्मीएका सुर्य प्रकाश पुन सुन्दरको ४ दाजु र ३ दिदी हुनुहुन्छ । निकै मेहनति र मिलनसार सुन्दर नाम अनुसारको कार्यगर्ने व्यक्ति हुनुहुन्थ्यो । २०४६ अगाडी नै संगठनमा आवद्ध क.सुन्दर पंञ्चायति शोषणको विरोध मा हिडीराख्नु भयो । पछि क.सुन्दर र क.वृक्षा सिस्ने सांस्कृतिक परीवारको सदस्य भएर काम गर्नु भयो । क्रान्तिमा सर्मपित हुदै अगाडी बढ्ने क्रमा २०५१ सालको बाह्ै जिल्ला सम्मेलन बाट क.सुन्दर अखिल(क्रान्तिकारी) को रुकुम जिल्ला उपाध्यक्ष बन्नु भयो भने क. परम्परा जिल्ला कमिटी सदस्य बन्नु भएको थियो । उनिहरु युवाहरुलाई प्रशिक्षीत गर्ने क्रममा बहुदलिय व्यवस्थाको थालनि देखी नै आफ्नो जिवन निरन्तर परिवर्तनको खातिर लगाई राख्ने क्रान्तिको विज छदै जनता लाई सचेत गर्दै कहिले रुकुम जिल्लाको कुना कुना त कहिलेडोल्पा,रोल्पा,प्युठान,सल्यान, जाजरकोट,जुम्ला, हुम्लातिर सिस्ने सांस्कृतिक संघ द्धारा जनतालाई जगाउदै हिडे, मितेरी अभियानहरु सञ्चालन गर्दै हिडे, यी सुन्दर अनि वृक्षा नामले चिनिने व्यक्तिहरु ज्हिले पनि आफुले पाएको जिम्मेवारी पूरा गर्दै हिडे,जस्तै कठिन समयमा पनि पछाडि हटेनन् पार्टी अनि संगठनले दिएको जिम्मा खुसि भएर आत्मसात गर्दै अगाडी बडे र जिम्मेवारी पूरा गर्दै जाँदा वाइ.सि.एल अनि पार्टी संगठनमा आफ्नो जिम्म्ेवारी पुरा गर्दै गए २०५१ सालमा क.सुन्दर लाई मुद्धा लगाएर तात्कालीन सरकारबाट गाँउमा बस्न दिने अवस्था बनेन । त्यसपछि २०५२ फाल्गुण १ गते जनयुद्धको घोषणा संगै आठविसकोट रारी प्रहरी चौकी कब्जा मा उहाँहरु दुबैजना सहभागि हुनुभयो । थालनिका १५ दिन सम्म आफ्नो जिवन जोखिममा राख्दै राज्यसत्ताका पुराना संरचना ध्वस्त पार्दै हिड्नु भयो ।

जनयुद्धकै दोरान २०५३ जेठ २५ गते पार्टीको प्रस्तावमा र घरपरीवारको सहमतिमा पुर्तिमकाँडाको कमरेड प्रर्वतको घरमा क.सुन्दर र क.वृक्षाको विवाह भयो । हिजो का युद्ध र आन्दोलनका सहयात्रीहरु दाम्पत्य जिवनमा बाँधिनु भयो । उहाँहरु दुबै पार्टीका बफादार कार्यकर्ता भएको हेतुले जनयुद्धको क्रममा कहिले पुर्व त कहिले पश्चिम गर्दै जाँदा पार्टीको निर्णय बमोजिम परम्परा गौतम क.वृक्षा पार्टीको डि.सि.एम र महिला संगठनको जिम्मा लिदै हुकाम,मैकोट,कोल,तक,काक्रि,स्याँलापाखा,चुनवाङ,चौखावाङ,साँखमा जिम्मेवारी सम्हाल्दै बस्नु भयो । सुन्दर भने जिल्ला भित्र र बाहिर सैन्य क्षेत्रमा स्क्वार्ड र जनमुक्ति सेनाको कमान्डीङ गर्दै स्पेसल टाक्र्स फोर्सको जिम्मा सम्हाल्दै पार्टीको डि.सि.एम भएर खट्नुभयो । त्यहि क्रममा २०५४ साल असोज १० गते चौखावाङको हिलमा क. कामी बुढाकी छोरी मोतिकला पुनको घरमा क.वृक्षा को कोखबाट सन्तानको जन्म भयो । त्यस्को नाम हो सन्दीप कामी बुढाको बैनिले राखीदिएको नाम चाँर्हि र्’मनपुरे’’ । सन्दीप पुन जन्मीएको ठाँउ सदरमुकाम मुसिकोट देखि नजिकै थियो । त्यो जन्मेको थाहा पाएर पुलिसले केहिदीन पछाडी त्यो घर गाँउमा छापा मार्न आयो तर जनताले उनिहरुलाई बचाय,पुलिसले अर्कै मान्छेलाई त परम्परा होस तेरो छोरा खै भनेर यातना दियो तर वृक्षा आफ्नो छोरालाई जनताको विचमा हुर्कायर बस्नुभयो ।

छोरा सन्दीप चौखावाङ र स्यालापाखामा नै हुर्केको थियो र तेह्र महिना पछाडी क. वृक्षाले छोरा सन्दीपलाई माइतिको आमा संग छोडेर पार्टीले दिएको जिम्मेवारी सम्हाल्दै अगाढी बड्नुभयो र व्ययक्तिगत जिवनमा सबै भन्दा ठूलो त्याग नै युद्धको लागी जित हुने भएकोले छोरा छोडेर जिम्मेवारी सम्हाल्दै २०५८ सालमा पार्टीको निर्णय बमोजिम क.वृक्षा पार्टीको डि.सि.एम र क.सुन्दर पार्टीको जिल्ला सेक्रेटरी भएर क्रान्तिको विज रोप्न सुदुरपश्चिमको बझाङ तिर लाग्नु भयो । र उहाँहरु गएर त्यो स्वयत इलाकामा आफ्नो जिवन सुरक्षीत गर्दै जिम्मेवारी पुरा गर्दै जाने क्रममा एक वर्ष नपुग्दैे २०५९ जेष्ठ १४ गते परम्परा गौतम क.वृक्षालाई एउटा घरको बार्दलिमा बसेर कपाल कोरीराखेको बेलामा सुराकिको सुचना अनुसार पुलिसद्धारा तलैबाट गोली हानी हत्या गरीयो । चरालाई गुलेली हाने जसरी पुलिसको गोलिबाट उहाँ सदाको लागि ढल्नु भयो । तर क.सुन्दर त्यतिवेला आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो अर्को ठाँउमा यो खवर सुनेर उहाँ आत्तियर आफुलाई सम्हाल्दै हामी घरपरीवारलाई चिठि लेख्नु भएको थियो । आमा वुवालाई सम्झाउनु छोरा सन्दीपलाई राम्रो संग हुर्काउनु यो कुरा थाहा नदिनु म पनि केहि समय पछि जिल्लातिर आँउछु भनेर पत्र पठाउनु भएको रहेछ , तर अफ्सोच त्यो पत्र संगै अर्को चिठी पनि एकैपटक पाए ।

२०५९ जेष्ठ २३ गते सुर्य प्रकाश पुन क.सुन्दरको पनि सहादत भयो भनेर त्यहाँको पार्टी कमिटीको पत्र मैले पाँए । क.सुन्दर कार्यक्रम गर्न अर्को ठाँेउमा जाँदै गर्दा बिच बाटोमा पुलिस संग जम्काभेट भयो,त्यसपछि पुलिसले क.सुन्दरको झोला खोल्न भनेछन् र पुसिसको राईफल खोसेर प्रतिकार गर्न लाग्दा सुन्दर सहित ३ जना अरु कमरेडहरुको पनि सहादत भएछ ।

२०५९ साल श्रावन मा मैले २ महिना पछाडी चिठी एकैसाथ पाए । म कामी गाँउमा विशेष एरीया खलंगा साँख,चौखावाङ र भलाक्चा को एसि.एस र डि.सि.एम भएर जिम्मेवमरी पुरा गरीरहेकी थिए । त्यहि समयमा म चुना गाँउमा कार्यक्रम गर्दागर्दै यो खबर थाहा पाए । खवर लियर क.सन्देश (गोरख बहादुर के.सी) आउँनु भयो । म आकाश बाट खसेझै भए केहिबेर मैले आफुलाई सम्हाल्न सकीना आमा बा पछाडीको अभिभावक तथा नेता दिदी भिनाजुको एकै पटक सहादतको खवरले मलाई धेरै नै छोयो,म डाको छोडेर रोए कराए तर केहि उपाया थिएन, त्यो दुखको घडीमा नजिक भएर क. सन्देशले सम्झायको कुरा म जिवनको पल¬ पलमा संझिरहन्छुु ।

हामी त मृत्युलाई स्विकारेर हिडेका मान्छे हौँ । सामान्य जनताले यस्ता कुरा पचाएका छन भने हामी त नेता हौँ । यो त अघिपछिको कुरा मात्र हो । वहाँहरु दूबैले बलिदानपुर्ण कोटा पुरा गर्नु भएको छ । संन्देश संग म हिल बाट रोल्पाको थवाङ्ग गए त्यहाँ केन्द्रिय स्तरको कार्यक्रम थियो दाई जनार्दन शर्मा (प्रभाकर) र सानो वुवा नेत्र विक्रम चन्द (विप्लब) पनि भेटीनु भयो । र संझाउनु भयो । आमा बा लाई पत्र लेख पठाईदिन्छौँ भन्नु भयो । मैले पत्र लेखेर पठाए क.दिवाकर पोष्ट बहादुर बोगटि सर ले पत्र लिइदिनु भयो । आमा बा लाई दिदी भिनाजु को सहादत्तको खवर प्राप्त भए पछि आमा बेहोस हुनु भएछ । वुवा युद्धकै मार्चामा हुनुहुन्थ्यो । दिदि भिनाजुको छोरा सन्दीप ४ वषको मात्र थियो । यो खबर ले सबैलाई दुखि बनायो । तर पनि सहेर बस्नु नै पथ्र्यो ।

अहिले छोरी जुवाँइ को सहादत्त भएको १९ वर्ष भयो आज पनि आमा औषधि सेवन गरेर बाँचिरहनु भएको छ । बेला बेलामा उपचार गराईराख्नु पर्छ । पिडा र चिन्ता र पनि आफ्नो जिम्मेवारी पूरा गर्दै आउनु भएको छ । दिदीको छोरा सन्दीप सुरुमा कपिलवस्तु आफ्ने ठुलो ममि संग बसेर सिवपुरी स्कुलमा पढ्यो । विप्लब को कान्छो छोरा र उ संग संगै स्कुल जान्थे केहि समय संगै हुर्किय । र फेरी पछाडी बहिनी कान्छी संगैै १ देखि १० कक्षा सम्म ड्मिल्याण्ड बोर्डीङ्ग स्कुल नेपालगञ्जमा पढ्यो । अहिले ललितपुरमा आई,ए,सि ह्वाइटहाउस कलेजबाट पास ग¥यो । उसको इच्छा डाक्टर पढ्ने थियो तर छोराले आफ्नो इच्छा अनुसार पढ्न पाएन । आज उ जस्ता धेरै पढ्न सक्ने इच्छा र क्षेमता हुदा हुदै पनि पढ्न पाएका छैनन् । उनिहरुका आमा वुवाले सामाजिक हितका लागी रगत बगाए तर उनिहरुको मर्म कसैले बुझेनन् । यस्ता टुहुराले पाउने. सेवा सुविधाको कोटा अर्कै सम्पन्नहरुले पाए । मैले यसो भन्दा कसैलाई चोट पर्ला चित्त दुख्ला आरोप जस्तो लाग्ला । तर सत्य तितो नै हुन्छ , अचानोको पिर खुकुरीलाई के थाहा ?

आज छोरा सन्दीप पनि ठुलो भैसक्यो , अब धेरै कुरा बुझ्ने भैसक्यो , न्याय र अन्याय छुट्याउन सक्छ । आमा वुवाको राहतको पैसाले फी तिरेर पढेको छ । भोली म जस्तै पढ्ने इच्छा राख्ने मान्छेलाई पढाउछु भन्ने उदेश्य राखेको छ । जब मेरा आमा बा को रगत खेर जाना दिन्न भन्छ तब मन दरीलो बन्छ सहि संस्कार दिएछौँ भन्ने आभाष हुन्छ । मेरा लागी भएपनि एक जना बाँचीदिएको भए हुन्थ्यो तर त्यस्तो भएना म आमा बा को बाटो हिड्छु भनेर संगठन (अनेरास्ववियू) मा लागेको छ सहिदका छोराछोरी एकजुट हुनुपर्छ भनेर अभियानमा लागेको छ । मलाई याद छ जब सन्दीप क्याम्पस इकाइको अध्यक्ष भयो त्यसदिन आमाले कोठामा आएपछि खादा र टिका लगाएर बधाई पनि दिनुभयो । आजभोलि हजुरआमा संगै ललितपुर हात्तिवनमा बस्छ । हजुरआमाले सन्दीपको भलो र उस्को भविष्य बारे सोचिरहनुहुन्छ ।

वास्तवमा जनयुद्धमा आमा र वुवा दुवै गुुमाउने देश भरी ३÷४ दर्जन त होलान औँलामा गन्न सकिने व्यक्तिहरुको पनि राम्रो व्यस्थापन गर्न नसक्दा राज्य निरीह जस्तो लाग्छ । अन्त्यमा न्यायपुर्ण आन्दोलनमा आफ्नो अमूल्य जिवन गुमाउँनु हुने देशैभरका शहिद हरु प्रति हार्दीक श्रदाञ्जली अर्पन गर्दै बेपत्ता परीवार घाइते साथीहरु तथा अन्य आन्दोलमा लागेका साथीहरुको व्यवस्थापन मा सबैको ध्यान पुगोस !

(लेखक लुम्विनी गौतम अनेम संघ केन्द्रिय समिती सदस्य हुन )

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर