Hidden
गजल
दौडाहा गर्यौ मरेर के लान्छौ रुजवाफ देउ
के हिरा मोती सुन खान्छौ ? जवाफ देउ
धनी गरिब जो मरे नि खरानी नै हुने हो
आफु आफैलाई के ठान्छौ ? जवाफ देउ
महोदय स्वर्ग नर्क त कर्मले हो छुट्याउने
घाट बाहेक अन्त कहाँ जान्छौ ? जवाफ देउ
मेरो जस्तै तिम्रो लास बान्न पनि डोरि चहिन्छ
ठोडी सुनको सिकृले बान्छौ ? जवाफ देउ
खुट्टा हुनेहरुको त खुट्टा तान्छौ दुश्मनहरु
खुट्टै नहुनीहरुको के तान्छौ ? जवाफ देउ ।
-सुरेश कार्की 'निषद'
प्रकासित मिति
Loading...
Loading...
Loading...