tealaya add

गजल
———————
जुनसित रुप साट्यौ र त तिमी माल भयौ
फूललाई आफै ठान्यौ र त तिमी लाल भयौ
 
प्यासी यौवन नशिलो मुस्कान हेर्नेहरु यहॉ
दिल छेड्यौ नजरले र त तिमी कमाल भयौ
 
लोभिनेहरु लाम लाग्छन् तिम्रा सौन्दर्यसँग
पागल बने जवानहरु र त तिमी वेहाल भयौ
 
जवानीको जोशमा धन साट्ने प्यासी तनहरु
मान्छेसँग नाता फेर्यौ र त तिमी दलाल भयौ
 
-धन योन्जन दोरम्बा, रामेछाप निवासी हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...