tealaya add

-मिशन अधिकारी
 
मालामाल प्रेमको ब्यापार चल्छ तिम्रो शहरमा ! 
एक थोक रोप्दा अर्कै थोक फल्छ तिम्रो शहरमा !
 
राम राम विष्णु विष्णु नगाऊ शिव शिव पनि
कस्ले देख्यो ? हरदिन ईश्वर ढल्छ तिम्रो शहरमा ।।
 
हेर हेर साथीभाइ यहाँ आज रमिता छ
दमकल आदेश कुर्छ घर जल्छ तिम्रो शहरमा
 
'असल हुँला', 'ठूलो हुँला' सपना कति-कति 
मान्छे भोकै मर्छ सपना फल्छ तिम्रो शहरमा !!
 
एकान्तमा, अध्याँरोमा नजाऊ दिदी-बहिनी 
राम्री देख्दा घाटको मूर्दा चल्छ तिम्रो शहरमा

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर