tealaya add

-गणेश धमाला जन्जीर 
 
हामी आमाको कोखबाट खसेका ढुंगा
एक, म हुँ सबैको शीर मेरो पाउमा पर्छ, सबैले ढोग्छन्
अर्को, म नै हुँ जो सबैको पाउबाट कुल्चिन पुग्छु 
 
तर हाम्रो जन्मथलो
एउटै हो- भीर ।
 
एक- म हुँ सिग्रेट सबैको हानी गर्न जल्ने गर्छु 
अर्को- म हुँ दीयो  
सबैको दीर्घायुको लागि जल्ने गर्छु !
 
तर जलाउने एउटै बस्तु हो हामी दुबैलाई- आगो ।
 
एक- म मान्छे हुँ, कसैको राम्रो छु
अर्को- म त्यही मान्छे हुँ कसैको नराम्रो छु ।
 
तर हामीलाई जन्मदिने एउटै हुन्- आमा ।
  
संसारमा सबै राम्रा पनि
संसारमा सबै नराम्रा पनि 
तर जो हौं
हामी सबै मान्छे हौं । 
 
यी सबैको एकमात्र शब्द
म हुँ विश्वास   
ज-जस्ले गरे उसैको राम्रो 
ज-जस्ले गरेनन् उसैको नराम्रो  !
 
द्रष्टव्य: धमाला सुर्खेत, नेपाल (हाल: भारत मुम्बई) निवासी हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...