1478958692 banner ad format

 
 

लेख कार्की, नेपाली साहित्यानुरागी बिच कुनै नाैलाे नाम हाेर्इन । बिशेषगरि गजलबिधामा कलम चलाउदै अाउनुभएका गजलकार कार्कीकाे यस गजल अगाबै पनि कान्तिपथमा गजल तथा कथा प्रकाशन भैसकेका छन । याे बाहेक पनि बिभिन्न अनलार्इन तथा राष्ट्रियस्तरका दैनिक पत्रीकाहरूमा पनि रचनाहरू यथेष्ट प्रकाशित भएका छन ।

lekhkarki kantipathnews poet.jpg min

स्वदेशमा रहदाहाेस वा प्रवासमा रहदा, वहा निरन्तर साहित्यीक गतिबिधीमा संलग्न रहनु भएकाे छ । एकल गजल संग्रह प्रकाशित गरिसक्नु भएका गजलकार कार्कीका गजलहरू बिभिन्न संयुक्त गजल संग्रहमा पनि समाबिष्ट रहेका छन ।

गजल

सँधै खुशी देख्न पाउँ, चेली तिम्रो मुहारमा ।
त्यही खुशी सप्तरंगी, बन्छ मेरो निधारमा ।।

म धन्यछु दिदी तिम्रो, दिर्घायूको कामनाले ।
यो तिहार नि उसैगरी, ओखर फोर्नु संघारमा ।।

मखमली सयपत्री, जस्तै मुस्कुराई रहनु ।
लक्ष्मीले बास गरुन्, बैनी तिम्रो घरबारमा ।।

हाँस्नु तिमी भाइटीकामा, म हाँसेको तस्विर हेरी ।
आउँछु पक्कै अर्को साल, - नरुनु है बेकारमा ।।

जे छ आफू संग सिक्नु, रमाउन त्यसै भित्र ।
आत्म सन्तुष्टिनै ठूलो, सम्पत्तिहो संसारमा ।।

© लेख कार्की @lekhkarki1

प्रकासित मिति

Loading...

 

yummyfood