tealaya add

nepali literature chandshikher

नेपाली साहित्यकाे गजल बिधा मन पराउने पाठकहरू माझ पाेष्टराज चापागांर्इ कुनै नाैलाे नाम हाेइन। "छन्द शिखर" गजल शंग्रह प्रकाशन गरि सक्नु भएका गजलकारले नेपालका गाैरव, उच्च हिमशिखरका नाममा नेपाली छन्दलार्इ नामाकरण गरि प्रबर्धन गर्दै अाइरहनु भएकाे छ। छन्दमा गजल रचना गर्न चाहने पाठकलार्इ उहांद्वारा लिखित "छन्द शिखर" निक्कै उपयाेगी रहेकाे छ । पेशाले शिक्षक रहनु भएका गजलकार "चापागांर्इ" हाल किर्तिपुर ८ निबाशी हुनुहुन्छ।

गजल

यस्तो किल्ला बनाऔं देशको सिमानामा
जाऔं पर्खाल लाऔं ! देशको सिमानामा

कैयौं चट्टान फोर्ने ! काँधमा भिरी गैंती आजै
लाग्दै छ धाऔं देशको सिमानामा

बैरी पस्नै नसक्ने ! बज्रका द्वार राखी
लाखौँ ताल्चा लगाऔं देशको सिमानामा

हुन्नन् पक्षीविपक्षी स्वाभिमानले छोए
यौटै बोली गराऔं ! देशको सिमानामा

गोर्खाली वीर लड्दा शत्रु मार्छ वा मर्छ
कात्रो बोकेर जाऔं ! देशको सिमानामा

चम्की आऊ युवा हो चन्द्रसूर्यका साथ
झण्डा गाडेर आऔं देशको सिमानामा

यो नेपालै हराए ! बास बस्न काँ जाने
आफ्नो माटो बचाऔं देशको सिमानामा !

छन्द – बुर्केखाङ्ग
सूत्र - SSS SlS SSl SlS SS
गण – म र त र गु.गु.
विश्राम - ७ अक्षरमा
लक्षण – हो ‘बुर्केखाङ्ग’ हाम्रो ‘मार्तराग्ग’ लाएको हेर्नोस् विश्राम यस्को ‘सातमा’ लगाएको

postraj

पाेष्टराज चापागांर्इ

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...