1478958692 banner ad format

 
 

काठमाडौँ - गजलकार राज बिसर्जनको गजल संग्रह 'माटो' बाट यो गजल लिएको हो ।  आठविस नगरपालिका १ दैलेख निवासी राज विसर्जनको 'माटो' यो पहिलो कृति हो ।

 उनका गजल यस भन्दा अगाडी पनि विभिन्न पत्र पत्रिका तथा अनलाइनहरुमा छापिदै आएको थियो ।

Raj Bisarjan MATO

 गजल

सायद उसको विचार धनसँग मिल्यो
मनको मित्र गएर दुश्मनसँग मिल्यो

 फलामले आफ्नै भाई कुट्नका लागि
लोहारसँग मिल्यो, आरनसँग मिल्यो

 सुनायो साधुले पनि वालकको कहानी
जुन कहानी मेरो वचपनसँग मिल्यो

 सोचे, फलामको चिउरा बनाई चपाउ
जिन्दगी त कपासको वाजनसँग मिल्यो

 कसिङ्गर उडाएझैँ उडाइदिने रैछ्यौ 
तिम्रो कुरा पनि यहि पवनसँग मिल्यो 

प्रकासित मिति

Loading...

 

yummyfood