1478958692 banner ad format

 
 

गजलका पण्डितज्यूहरू चम्किंदै भन्नु हुन्छ – “ काफिया जतिपटक दोहोरिए पनि तिनले अलग-अलग अर्थ दिन सक्छन् भने ती काफिया नै हुन्, दोहोरिएको मानिन्न |” त्यसो भए के यो तलको गजलमा प्रयोग गरिएको ‘सेर’ काफिया ( जहाँ ‘सेर’ शब्द काफियाका रूपमा प्रयोग गरिएको छ ) युक्तिसङ्गत छ त ?

यसो राय पाम त मित्रहरू, आफू-आफूले जानेको कुरा बाँड्दा के होला र, राय दिंदा सानो भए झैँ अनुभव गर्ने वरिष्ठज्यूहरूलाई चाहिं कुनै अनुरोध छैन मेरो....ढुक्क हुनुहोला !!......

सुन्ने भन्छन् गर्जिदै छन् रे ! वन भरी सेर मेरा 
ती भन्दा झन् आततायी छन् गजलका सेर मेरा

जस्तै क्रोधी दुष्ट बैरी हुन् कि घरकै शत्रु हुन् ती
धावा बोल्छन् भक्ति थापा झैं अमर झैं सेर मेरा

पुग्ला जस्तो छैन के भारी मन पुगोस् आज तिम्रै
आऊ साथी दिन्छु सित्तै भो ! लग दुई सेर मेरा |

गजलकार : प‍ोष्टराज चापागाई

शब्दार्थ – सेर = १. बाघ, २.गजलका सेर, ३.वीर, ४. मनमा हुने ४० सेर मध्येको एक परिमाण

छन्द – थार्के काङ सूत्र - SSS SSl SSS lll SSl SS गण – म त म न त गु.गु.

विश्राम – ४, ९ र १३ अक्षरमा

मेरो राय – कुनै पनि व्यङ्ग्यको मर्म व्यङ्ग्यले नि बोल्नु पर्छ व्यङ्ग्यकारले अर्थ्याउनु पर्यो भने त्यो व्यङ्ग्य सार्थक मानिन्न !

postraj min

माथिको व्यङ्ग्य कति सार्थक भो भन्ने कुरा यहाँहरूको उपस्थितिले नि जनाइरहेको छ व्यंग्यकारले बोल्दैन यस विषयमा ! यति चाहिं पक्कै बोल्छ - यस व्यङ्ग्यबाट जसले जे बुझ्नु भयो, जस्तो बुझ्नु भयो, जति बुझ्नु भयो..... बस् बुझ्नु भयो यति नै हो यसको सार्थकता ! सारमा मैले अपेक्षा गरेभन्दा बढी मतैक्यता पाएँ अनेकता भित्रैबाट पनि !

कुनै तीतो रूपमा कुनै मीठो रूपमा ...तर पाएँ धेरै कुरा, सिकें धेरै कुरा ! यो व्यङ्ग्यकारको बुझाइ हो सफाइ हैन ! हो माथिको गजल जस्तो गजल कम्तिमा जानिफकारहरू कसैले पनि नलेखौं, न मतलामा कार्यकारण सम्बन्धको निर्वाह छ, न सेरहरूमा कुनै चित्ताकर्षक भाव छ न त्यसको चरमोत्कर्षता, न कुनै मर्मस्पर्शी प्रभाव वा तासीर छ, न कौतूहलता, न विषयको उठान र बैठानको तारतम्य छ, न काफियामा कुनै झड्का छ न त्यसले प्रदान गर्ने परिकारको स्वाद न कोमल अनुप्रासीयता, न श्रुतिमधुरता, न रदिफमा हुनुपर्ने लालित्य छ !

छ त केवल काफिया दोहोर्याउन पाउने तथाकथित झिनु मान्यताको दुरुपोग अनि सूत्रको जबर्जस्ती मिलान ! मेरो बुझाइमा गजलमा काफिया दोहोर्याउनु भनेको तेहेर्याउने चौर्याउने छुट पाउनु पनि हो, फलस्वरुप माथिको गजल जस्तो गजल जन्मिन पुग्छ, कुनै पनि छुट विशेष प्रयोजनका लागि प्रदान गरिएको हुन्छ, छुट अराजकताको लागि प्रयोग हुनुहुन्न, छुटलाई सैद्धान्तिक अधिकार मानिनु हुन्न !

काफिया दोहोर्याउन पाउने छुट भनेको कुनै विशेष प्रकारको चमत्कारिक प्रभाव छोड्न सक्ने सेर बन्ने वाला छ भने त्यस्तो अवस्थामा प्रयोग गर्ने कुरामात्र हो, अधिकार नै हैन ! सतही र सामान्य भन्दा सामान्य सेरहरूका लागि यो छुट अपनाइनु हुन्न ! नेपाली भाषा त्यति कमजोर पनि छैन कि ५-६ वटा नदोहोरिने काफिया नभेटियून ! माथिको अलग अर्थका सेर, सेर; सेर; सेर काफियाको रुपमा प्रयोग हुनु र शेर, सेर, हासेर, रोएर, झर्केर आदि काफिया प्रयोग भएको गजल यौटै हो मेरा लागि, किन भने यो अराजक छुटको कुनै सीमा हुन्न !

तथापि आजभोलि यो छुटको प्रयोग अधिकारका रूपमा परिभाषित हुन थालेको देखिदैछ, जसका कारण एकदिन गजलको मूल पहिचान नै गुम्न नजाला म भन्न्न सक्दिन | कम्तिमा बुझेकाले जानीजानी वा बुझ पचाएर वा पाण्डित्य प्रदर्शन गर्ने नाममा यस्ता प्रकारका गल्ति र भ्रमहरू आउने पिंडी वा सिकारु भाइबहिनीहरूलाई हतान्तरण नगरौं !

मेरा नियमित पाठकलाई थाहा नै छ म कहिले पनि काफिया दोहोर्याएका गजल लेख्दिन र रुचाउन्न पनि ! अनि म कसरी यो मेरो गजल हो भनेर पृष्ठपोषण गरौँ.......... हेहेहे, जय होस् आआफ्नो बुझाइको ....र नमन सबै मित्रहरूलाई !

प्रकासित मिति

Loading...

 

yummyfood