1478958692 banner ad format

 
 

बाहुनले च्याउँ खाअोस न च्याउँको स्वाद पाअोस!यो उक्ति त्यसै बनेको चाँहि पक्कै हैँन रहेछ।बल्ल थाहाँ भयो हरेक युक्तिका पछाडी रहस्य हुदो रहेछ।

यात्रा गर्ने सन्दर्भमा हामी कहाँ जाने भन्दा ह्या कहाँ जानु ? ठाउँ नै कहिँ केहि छैन!अलि राम्रो ठाउँमा जाअोैँ भन्दा प्रायजसो मान्छेले नेपालमा घुम्ने ठाउँ नै छैन भन्ने रुखो जवाफ दिन्छन।

कहाँ जानु र! होस बरु विदेश भ्रमण जानुपर्छ मज्जा हुन्छरे भन्छन बरु जाने भए सल्लाह गरोैँ अँह अाफ्नो देशमा घुम्ने कुरामा त मुख लोप्पार्छन,नाक खुम्च्याउँछन।

विशेष गरि भ्यालीमा जन्मेर हुर्कने हरुलाई त अाफ्नै देश पनि विदेश जस्तो लाग्न सक्छ। यदि घुम्न जाने नै सुर बनाए भने पनि पोखरा लुम्बिनी यस्तै स्थलहरु रोज्ने गर्छन। र त्यस मध्यमा पोखरा घुम्न तिव्र चाहना राख्ने मध्य म पनि एक पात्र हु।

सोचेको थिएन, अाफ्नो देशमा यति धेरै हेर्नलायक ठाउँ छन भनेर साच्चिकै हामी नजिकको तिर्थ हेला भनेझै अाफ्नो देश भित्रको यात्रालाई हेला गर्दा रहेछोैँ ।यो हाम्रो सरासर कमजोरी हो हाँमी घरबाट बाहिर निस्केका हुदैनोैँ अलिक टाढाँ पुग्न परे बजार सम्म अतिनै टाढाँ भनेको राजधानी काठमाण्डोैँ यदि हामीले काठमाण्डोैँ लाई हेरेर अन्य ठाउँको तुलना गर्दै छोैँ भने कृपया हामी गलत छोैँ ।

राजधानी अाफैँमा अस्तब्यस्थ शहर बनेको छ त्यसैले यो अस्तब्यस्थतालाई ब्यबस्थापन गर्नु 
काठमाण्डोैँका जनप्रतिनिधी र हरेक काठमाण्डोैँमा राजनितिक गर्न राजनितिक दल नागरिक समाज, उद्यमी ब्यबसायी,हरेक जिम्मेवार नागरिकको उत्तरदावित्व हो अझ काठमाण्डोैँको ब्यस्थापन गर्न भनि विभिन्न निकाय खोलिएका छन विभिन्न सम्बन्धित निकाय छन।तर कसैलाई यस विषयमा वास्ता छैन्।यसकारण राजधानी र राजधानी बाहिरका ब्यक्तिहरु यो दरिद्र,निस्सासिने खालको उकुसमुकुस अबस्था देखेर पनि अनुमान लगाउँछन अन्य ठाउँ पनि यस्तै होला!माफ गर्नुहोला तपाईको अनुमान विलकुल गलत सावित गर्दैछु।

मेरो अनुभव राजधानी बाहिरको यात्रा यति रोमाञ्चित हुन्छ जुन यात्रा गरेर मान्छेहरुलाई कहिल्यै पुग्दैन् र अविस्मरणिय क्षण बनेर याद दिलाई रहन्छ। जब यात्रा गरिन्छ तब मात्र त्यसको स्वाद थाहाँ पाउन सकिन्छ।

यात्राको क्रममा देखिने दृष्य यति लोभलाग्दो हुन्छ जुन दृष्य देखेर नलोभिने हरु विरलै भेटिन्छन, छागाँ छगेरा पाखाँ पखेँरा,ताल तलैया,गुफाँ अन्य अनोैँठा दृष्यहरु हजारोैँ को सङख्यामा अाफ्नै देशभित्र देख्न पाईन्छ।

पोखराकै उदाहरण लिने हो भने पनि प्राकृतिक रुपमा पोखराले हामीलाई गिज्याईरहेको हुन्छ जुन घुमेपछि अवश्य महशुस हुन्छ ।केहि अार्टिफिसियल,केहि नेचुरल यि दुईको समिश्रण पोखरा मा प्रशस्त भेटिन्छ ।

सेतो गुम्बा ,
यहाँ बाट हेर्दा देखिने पोखराको रोैनक दृष्य 
हेर्दा ऐनामा हेरेको अाफ्नो अनुहार भन्दा पनि सफा देखिन्छ जसको अान्नद शब्दमा ब्यक्त गरेर कहिल्यै सकिदैन् ।

सराङकोट,
माच्छापुच्छे हिमशृङ्खलाका दृष्य नै काफिछन् जुन दृष्य एक पटक देखि सकेपछि सदाबहार मनमा बसिरहन्छ।एक पटक अाखाँ बन्द मात्र गरे छर्लङ्ग दृष्य जस्ताको तस्तै स्पस्ट देखिन्छ।

फेवाताल, 
पोखराको मुटु फेवाताल यसले पोखराको मात्र सोैन्दर्य दिएको छैन नेपालको मुहार टल्काउने, चमक देखाउने काम गरेको छ।अझ यसलाई अाकाश बाट चरा झै उडेर हेर्न पाउदा साच्चिकै सपना जस्तो लाग्छ जुन दृष्यको कल्पना हामीले कहिल्यै गरेका हुदैनोैँ जुन प्याराग्लाईडिङ्ग गरेपछि अाफु त अाकाशमा उडेकै हुन्छ अाफुमात्र नभई मन अझ रकेट झै अझ माथी चन्द्रमा नै छुन पुगेको हुन्छ।

अन्य दृष्य पातले छाँगा, ठुला ठुला गुफाँ मठ,मन्दिर अन्य विविध प्रकृतिक सोैन्दर्य जुन हामीले घुम्नु अगावै गरेका कल्पना भन्दा फरक अच्चम्मै पार्ने चकित पार्ने दृष्य हेर्दा गर्व लाग्छ ।

अनि अठोट गर्न मन लाग्छ अवश्य म अाफ्नो देशको हरेक ठाउँको भ्रमण गर्नेछु अनि यति बेला अाफुलाई देशभित्रको जस्तो पनि लाग्दैन यात्रामा अाफु कतै टाढाँको देशबाट घुम्न अाएको टुरिस्ट (विदेशी पाहुना) जस्तै भान हुन्छ । 

यस भन्दा अगाडी हामीले धेरैका मुखबाट सुनेका हुन्छोैँ कहाँ घुम्नुँ यार!घुम्ने ठाउँ नै छैन!ताकी त्यस अगाडी अाफुले देश पुरै भ्रमण गरिसकेको जस्तो कुरा गर्छोैँ ।

हाम्रो एउटा चरित्र छ जो अधिकांश सुनेको भरमा हचुवामा मजाग गफ लगाई दिन्छोै ।हो मैले पनि त्यस्ता फुस्रा गफ धेरैको मुखबाट सुनेको थिए।तर वास्तविकता फरक हुदो रहेछ।

सन्दर्भ :-यात्रामा हरियो नम्बरप्लेटको गाडी प्रयोग भन्ने वितिकै हाम्रो मानस्पटलमा एक खालको धुकुचुक सुरु भईहाल्छ। त्यो त टुरिस्ट चढ्ने गाडी हो हामीले प्रयोग गर्न सक्दैनोैँ,महंगो हुन्छ,ठग्छन अनेकोैँ बाहना बाजी गर्छोै र हामी घुमफिरको लागि ट्याक्सी नै प्रयोग गर्छोैँ ।तर जब हाम्रो शंकामा हरियो नम्बरप्लेटको गाडीले ठग्छ भन्ने मानसिकता छ ठिक उल्टो भईदिन्छ।

किनकी धेरैले सोच्दैनन् हरियो प्लेटको गाडी कथमकदाचित फाटफुट्ट चढ्ने हुन फेरि बिच बाट प्यासेन्जर उठाउँने काम पनि गर्दैन र मान्छेलाई लाग्छ हो यो गाडीले ठग्छ।अडकलबाजी लगाई दिन्छन अनि उहिँ नठग्नेको पछि लाग्छन र पछुताउँदै बस्छन् ।

केहि समय अगाडी पोखराको यात्रा गरियो मैले त्यो भन्दा अगाडी पोखरा सुनेको मात्र थिए त्यो यात्रा गर्ने क्रममा पोखरातिर जागिर गर्ने साथीहरुलाई सम्पर्क गरि सोधेको थिए के कस्तो छ घुमफिर गर्न अाउँदैछु यसो अलि सस्तोमा ट्याक्सी मिलाई दिनु पर्छ भन्दा साथीले सहयोग गर्ने अाश्वसन दिएको थियो ।

साथीले ट्याक्सी अाफ्नै साथीको छ कुरा गर्छु भनेका थिए।जब हामी पोखरा हिड्योैँ र साथीलाई कल गर्योैँ सायद ब्यस्थ भएर हुनसक्छ मेरो कल रिसिभ गर्नु भएन। त्यसपछि हामीले अर्का साथीलाई कुरा गर्योैँ जो स्कुल देखिको साथी हुनु हुन्थ्यो ।उहाँले ढुक्क हुन अाग्रह गर्नु भयो र जब हामी पोखरा एयरर्पोट पुग्योैँ उहाँले गाडी पठाईदिनु भएको रहेछ। केहि अगाडी बढेपछि हरियो नम्बर प्लेटको गाडी छेउँमा एक जना अनजान ब्यक्तिले हाम्रो फोटो अनि नाम देखाएर बस्नु भएको थियो हामी सरासर गयोैँ र कुराकानी भयो फलानो साथीले पठाउँनु भएको हो भनेर हात मिलायोैँ अनोैपचारीक गफगाफ गर्दा गर्दै हामी लेक साईड होटल होलीडे ईन( Hotal holiday inn) पुग्योैँ ।

जब होटल भित्र छिर्योैँ पहिलो सरप्राईज थियो स्कुल देखिको साथी फ्रन्ट डेक्समा देख्दा अनोैठो अनि रमाईलो महशुस भयो।धेरै पछि को भेट विशेष नहुने कुरै भएन एकैछिनको गफपछि अलिक वर छेउमा कन्ट्याक नम्बर लेखेको थियो जसमा मेरो नजर पर्यो लेखेको थियो होटल होलीडे ईन,"जनरल म्यानेजर शम्भु भण्डारी"एकछिन त बडो खुसि लाग्यो अनि फेरि गफगाफ मा भुलियो साथीको होटलमा पाहुना बन्न पाउँदा वेजोड खुसि लागेको थियो।

त्यसपछि हामी घुम्न पोखरा अाएको उहाँलाई अग्रिम जानकारी थियो,उहाँले सिधा प्रश्न गर्नु भयो!
कति दिन समय लिएर अाउँनु भएको छ? हामीले सटिक जवाफ दियोैँ समय एकदमै कम छ तर त्यो समयको भरपुर सदुपयोग गर्दै पोखराको केहि उत्कृष्ठ ठाँउ घुम्ने चाहना छ ।

त्यसपछि उहाँले प्याकेज देखाउँनु भयो त्यो लेकसाईड एरियामा यति सस्तो लाग्यो कुनै एक बचन नबोली उहाँको कुरालाई समर्थन गरे एडभान्स छाडिदिनु पर्छ? उहाँले पर्दैन एकै पटक हिसाब गरोैँला भन्नु भयो ।

अनि हामी उहिँ चढ्नै नसक्ने अति नै महंगो हुन्छ भन्ने हरियो नम्बर प्लेटको गाडीमा मज्जा लिदै यात्रा अगाडी बढ्योोैँ अनि अाफुलाई साथीहरुले पोखरा घुम्दा ट्याक्सीले ठगेको थियो भनेर दुख पोखेको कुरा याद अायो मान्छे नबुझेर अथवा बुचपच्चाएर फस्ने रहेछन् यदि सायद मैले पनि टुरिस्ट गाडी नचढे्र उहिँ ट्याक्सी चढेको भए म पनि पक्कै मुर्गा बन्थे ।

अनि साथीहरुलाई कुरा गर्थे होला पोखरा त घुमिनसक्नुको शहर रहेछ। तर तरिका मिलाएर घुम्यो भने खैँ कहाँ फसिदो रहेछ र? साथीहरुले भन्ने गरेको पोखराको ट्याक्सी भाडाँ सुन्दा जिरिङ्ग भएको थियो तर यथार्थ बरु ट्याक्सीहरुले भ्रम फैलाएर उल्टो लुट्ने काम हुदोरहेछ।

हामीले भने जति प्याकेजमा देखाए भन्दा अझ बढि ठाउँहरु घुम्योैँ पहिलो पटक हरियो नम्बरप्लेटको गाडीको अान्नद लियोैँ अनि सन्तुष्टी भएर तिर्न पर्ने रकम तिर्योैँ कुनै गुनासो रहेन् तर अन्य साथीहरुले भनेको सुन्दा र अाफुले फिल्डमा महशुस गर्दा उनिहरुको भन्दा कम खर्चमा धेरै ठाउँको यात्रा गर्न पाईएछ् ।

हरेक कुराको अनुभव हुनुपर्दछ सुनेको भरमा मात्र विश्वास गर्दा उल्टो फसिने डर हुन्छ त्यसैले पोखरा भ्रमण गर्न जाने साथीहरुले ट्याक्सीको भन्दा सम्बन्धित होटलको गाडीमा घुमफिर गर्नु भयो भने कम खर्चमा धेरै ठाउँको यात्रा गर्ने पाउनु हुनेछ्। यदि बाहिरको साधन प्रयोग गर्नु भएमा अत्यन्तै ठगिने डर हुन्छ।

hari thapa artical

 

लेखक : हरि थापा 

प्रकासित मिति

Loading...

 

yummyfood