annapurna add

natakइलाममा यही माघ २६ देखि फागुन १ सम्म इलाम राष्ट्रिय लोक नाट्य महोत्सव हुने भएको छ । सातै प्रदेशका १–१ वटा मौलिक नाटक मञ्चन गरिने महोत्सवमा हरेक दिन नाटकका बारेमा कार्यशालासमेत हुने आयोजकले जनाएको छ ।

महोत्सव सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको सहित्य, कला, संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा हुन लागेको हो।

महोत्सवमा प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी नाटक मञ्चन गरिने छ। जसअनुसार प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, ३ बाट ‘राजकुमार मल्ल युद्ध’, ४ बाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ ६ बाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ भने आयोजकले ‘थान’ नाटक मञ्चन गर्नेछ ।

सिंगो इलामको पर्यटन प्रवर्धन गर्ने अवसरका रुपमा हेरिएको उक्त महोत्सव र्‍यालीसहित उद्घाटन गरिने आयोजकले जनाएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर