tealaya add

book bimochan ilam
इलाममा एकै दिन दुइ कृति लोकार्पण भएका छन् । शुक्रबार इलाममा कवि वालिका थपलियाको कविता संग्रह ‘प्रणयपथ’ र डा देवी क्षेत्री दुलालद्वरा लिखित नाटक ‘काले दमाई’ लोकर्पण भएको हो । इलाम स्थित चेतना नाट्य समुहको आयोजनामा सदरमुकाममा भएको कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले दुवै कृतिको एकसाथ विमोचन गरेका हुन् ।

डा. दुलालको काले दमाई १८ औँ कृति हो भने थपलियाको पहिलो कविता संग्रह हो । यस अघि थपलियाले दुईवटा जीवनी 'नेलसन मण्डेला र हेलेन केलर'को नेपालीमा अनुवाद गरिसकेकी छिन् । थपलियाको कविता संग्रहमा एक सय तीन कविता समावेश छन् भने डा. दुलाले नेपाली राणाकालीन समयका समाजसेवी 'काले दमाई'का बारेमा नाटक लेखेका हुन् ।

पुस्तकको विमोचन गर्दै प्रा.डा जोशीले 'काले दमाई' नाट्यकृति फरक धारको साहित्यिक कृति रहेको र थपलियामा भाषाको राम्रो दख्खल साथै कृतिमा समावेश भएका कविता सशक्त भएको टिप्पणी गरे ।

कार्यक्रममा कवि थपलियाले ‘अक्षरको अंकुरण’ शिर्षकको कविता बाचन गरेकी थिइन । त्यस्तै डा. दुलालले नाटकमा भएको संवाद सुनाएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...