1478958692 banner ad format

 
 
विराटनगर । इन्द्रमोहन स्मृति गुठीले दुई-दुई वर्षमा प्रदान गर्ने साहित्य, कला र पत्रकारिता तर्फको पुरस्कारबाट तीन स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
नेपाली साहित्यको कविता विधामा चार दशक बढी समयदेखि  योगदान दिएका कवि विश्वविमोहन श्रेष्ठलाई डा.विमला श्रेष्ठ स्रष्टा पुरस्कार प्रदान गरिने  भएको छ । हाल गुठीका प्रमुख संरक्षक समेत रहेकी डा विमला श्रेष्ठको नामबाट यो पुरस्कार दिन लागिएको हो । 
गीत संगीततर्फको ओम इन्द्रमोहन स्मृति पुरस्कारबाट प्रसिद्ध गायिका देविका वन्दना पुरस्कृत हुने भएकी छिन् । ‘यस्तै रहेछ यहाँको चलन....’ लगायत विभिन्न सयौं  गीतबाट ख्याति कमाएकी बन्दनाले गीत संगीतका क्षेत्रमा दुई दशकभन्दा बढी समय योगदान पुर्‍याएकी छन् । यस अघि गीत संगीत तर्फको पुरस्कारबाट फत्तेमान राजभण्डारी, गणेश रसिक, कुवेर राई, यादव खरेल, दिप श्रेष्ठ, श्रीकृष्ण जोशी, लक्ष्मीकृष्ण श्रेष्ठलगायत पुरस्कृत भएका छन् ।
 
यसैगरी, ओम इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कारबाट दुई दशक बढी समयदेखि श्रमजीवि पत्रकारको रुपमा क्रियाशील पत्रकार रमेशचन्द्र अधिकारीलाई पुरस्कृत गरिने छ ।  कान्तिपुर दैनिकमा धनकुटाबाट समाचार सम्प्रेषण गर्दै आएका अधिकारी पत्रकारिता सँगै गीत तथा साहित्यमा समेत क्रियाशील छन् । तीन वटै पुरस्कार आगामी पौषको  दोस्रो साता विराटनगरमा विशेष समारोह बीच प्रदान गरिने जनाईएको छ । पुरस्कारको राशी जनही १५ हजार ५ सय ५५ र ताम्रपत्र रहने छ ।
गुठीले यस अघि सो पत्रकारिता पुरस्कार लीलाबल्लभ घिमिरे, अञ्जना ताम्ली, लगायतलाई प्रदान गरेको थियो । वि.सं.२०६२ सालमा कलाकार तथा समाजसेवी ओमकार श्रेष्ठले आफ्ना बाबु-आमाको नामबाट धनकुटामा गुठीको स्थापना गरेका हुन् ।
गुठीका संस्थापक श्रेष्ठको गत वर्ष मात्र निधन भएको हो । 

प्रकासित मिति

Loading...

 

yummyfood