1478958692 banner ad format

 
 

गद्य-कविता

"बा! तिमी महान् छौ "

सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ,

म सपनै देख्नका लागि आँखा बन्द गर्छु ।

तिम्रो बन्द आँखामा त्रिकाल अटाउँछ,

मैले चिम्लिए त? नितान्त अन्धकार ।

बा! तिमी महान् छौ ।।

जब मेरो बेला सकिन्छ,

मनले एक मुठी आश किन्छ ।

म अन्धकारमा ईश्वर खोज्न बत्ती बाल्छु,

तिमी बलिरहेका ईश्वरलाई पानी पिलाउँछौ ।

बा! तिमी महान् छौ ।।

तीन औँलाले तिमी निधारमा आफ्नो भाग्य कोर्छौ

त्यही रेखा मेटाउन म मासिक उपचार गर्छु ।

तिमी महाभारतमा लुटियौ

म भारतमा लुटिएँ ।

बा! तिमी महान् छौ ।।

क्रान्तिदेखि धेरै पर तिम्रो शान्तिको घर ,

राजधानी मेरो त के नै छ र?

बाध्यताले यता आएपनि तिमीले

कहिल्यै शस्त्र छोएनौ,

मेरा त कलम नै युद्ध निम्त्याउँछन् ।।

बा! तिमी महान् छौ ।।

 Ishaan Subedi

ईशान सुवेदी

चितवन

 

प्रकासित मिति

Loading...

 

yummyfood