tealaya add

काभ्रेपलाञ्चोक- पाँच श्रष्ट्राका रचना वाचन सहित शनिबार बनेपामा काव्य गुञ्जन शृङ्खला -४ सम्पन्न भएको छ । हातेमालो साहित्य संगम काभ्रेको सहकार्यमा काव्य गुञ्जनको त्रैमासिक विशेष वाचन शृङ्खला कविता, गजल, मुक्तक सुनाउँदै सकिएको हो । डायस्पोराका पहिला कवि समेतको पहिचान बनाएका काभ्रे मण्डनदेउपुरका डा. गोपाल पौड्याल (कवि मण्डने) ले २ चरणमा गरी आफ्ना आधा दर्जन कविता सुनाए । इलामेली कवि इन्दिरा दाहालले समेत आफ्ना आधा दर्जन नै छन्दमा रचित कविता वाचन गरिन् । अछामका गजलकार तपेन्द्र घोडासैनीले आफ्ना ७ बहरवद्ध गजल गाए । उनले गजल गाउँदा गोर्खाली गजलकार गणेश भट्ट 'अणु'ले भने आफ्ना नौ थान गजल सुनाउन भ्याए । 
काभ्रेली साहित्यकार रामसुन्दर देउजाले आफ्ना शक्तिशाली मुक्तकहरू वाचन गरे ।
 
उर्रा डान्स म्युजिक थ्रियटर बनेपामा सञ्चालन भएको कार्यक्रममा देशभरका साहित्यपारखीहरुको उपस्थिति थियो । 
युवा गजलकार छवि श्रेष्ठद्वारा सञ्चालित कार्यक्रम काभ्रेली भुमिमा हुने एकमात्र विशेष वाचन शृङ्खला हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...