tealaya add

laxmi kantipath

ति झोलामा भरिएका
तिम्रा सामानहरु जस्तै
कतै पोको पारेर
केहिमा भरेर
फिर्ता दिन मिल्ने भए
तिमिले दिएका
चोट, पीडा, घात र आशुहरु
जिन्दगी कति सहज हुन्थ्यो होला

जिन्दगी कति सहज हुन्थ्यो होला
सापटी लिएको पैसा जस्तो
पैचो लिएको सामान जस्तो
भुक्तानी दिनुपर्ने भए
कसैले ससम्मान गरेका अपमानहरु
कसैले हासिहासी पोखाएका आशुहरु
कसैले मलम बोकेर प्रहार गरेका छुराहरु
जिन्दगी कति सहज हुन्थ्यो होला

जिन्दगी कति सहज हुन्थ्यो होला
उसैगरी तिमिलाइ फर्काउन पाए
बिना कसुर भोगेका सजायहरु
बिना कारण रोएर बितेका रातहरु
बिना गल्ती खेप्नु परेका आरोपहरु
जिन्दगी कति सहज हुन्थ्यो होला

तिमिले मलाई कहिल्यै आफ्नो देखेनौ
र मैले तिमिलाइ कहिले पराइ देख्न सकिन
यो गल्ती नगरेको भए
यो भ्रममा नपरेको भए
यी ओठहरुले उसैगरी हाँस्न पाए
जस्तो मानौ केही भएकै छैन
र ती आखाले त्यसैगरी रोएको देख्न पाए
जस्तो कि जिन्दगीमा केही बाकी नै छैन
जिन्दगी कति सहज हुन्थ्यो होला

लक्ष्मी अर्पणा / हाल : पाेखरा

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...