1478958692 banner ad format

 
 

सिताराम थापा-दोहा - नेपाली साहित्यका महाकविका रुपले चिनिने लक्ष्मीप्रसाद देबकोटाको १०८ औ जन्म जयन्ति कतारमा बिबिध कार्यक्रमका साथ गत शुक्रवार भब्य रुपमा सम्पन्न भएको छ ।

Laxmi Prasad Debkota

कतारमा स्थापित सस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर , नबोदित साहित्यिक वाचनालय कतार , सन्ध्या ग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका र गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गत साहित्य विभागको संयुक्त आयोजनामा एकै दिनमा एउतै मंचमा अनेसास नबोदितको नियमित साहित्यिक वाचनको ७५ औ श्रीन्खला , नेपाली कला केन्द्रका कलाकारहरुको सांगीतिक प्रस्तुति , नेपालबाट आमन्त्रित कबि उपेन्द्र सुब्बाको एकल कविता वाचन , गायक तथा साहित्यिक सर्जक हरी बिनोद अधिकारीको गिती एल्बम “पन्चे बाजा “ को लोकार्पण र चलचित्र निर्देशक प्रकाश आङ्देम्बे द्वारा निर्देशित चलचित्र “देश खोज्दै जादा “ को प्रदर्शन गरी फरक फरक ५ वोटा कार्यक्रमहरु संम्पन्न भए ।

पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यकममा नेपाली कला केन्द्रका कलाकारहरुले लक्ष्मीप्रसाद प्रसाद देवकोटा द्वारा लिखित “कुन मन्दिरमा जान्छौ यात्री ….. र मुना मदन खण्ड काब्यका गितहरुलाइ उत्कृस्ट शैलीमा गायक थिए भने महाकवि देबकोटाको जीवनी “अडियो रेकर्ड ” मार्फत प्रस्तुत गरिएको थियो ।

नेपाली साहित्यका साथै अभिनय क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाइ सकेका तथा “खोलाको गित” ,“लाटो पहाड” आदि जस्ता कबिता संग्रह समेत प्रकासित गरी सकेका कबि उपेन्द्र सुब्बाले आफ्नै कबिता संग्रह “खोलाको गित” बाट केहि थान कबिताहरु वाचन गरेका थिए  ।

बिषय बस्तु र परिस्थितिलाई जस्ताको तस्तै कबिता मार्फत उतार्न सक्ने खुबी भएका कबिले निकै हसिलो शैलीमा “सायद , जडयहाको तर्क ,समान अन्तर , आमाको नाम , ढुंगाको मन , भेडेटारको पिकनिक आदि शिर्षकका रमाइला कबिताहरु सुनाएका थिए ।

बिगत केहि वर्ष देखि कतारमा स्थापित भइ बिबिध साहित्यिक गतिविधिहरु संचालन गर्दै आइरहेका अनेसास कतार र नबोदित साहित्यिक वाचनालय दुई साहित्यिक सस्थाहरुले कवि उपेन्द्र सुब्बा र चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई सस्थाको मानार्थ सदस्यता प्रदान गरेको थियो। 

नेपाली दूतावास कतारका दितीय सचिव हरि प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा कार्यकम संयोजक श्याम राज रानाभाटको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा गैह आवासीय नेपाली संघ ,विभिन्न राजनितिक दलका भात्री संगठन ,जिल्ला सस्था , मातृ सस्था आदिका पदाधिकारीहरु तथा थुप्रै सामाजिक अभियन्ताहरु , बुद्दिजीबी, पत्रकार आदिको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नवोदित साहित्यिक वाचनालयका अध्यक्ष लेख कार्कीले गरेका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood