1478958692 banner ad format

 
 

-लक्ष्मि  थापा 

अामा !
यो सम्बोधन मेरो
तिमी सुन्दैछ्याै नि ?
बिर्सन त कहाँ सक्छ्याै र तिमी मलाई
अाखिर तिम्रो रगत न हुँ म
तिम्रै अंग तिम्रै अंश
मात्र अहिले तिम्रो
विवशता र बाध्यताको त्यो भुमरी हुँ म
जो तिम्रो न्यानो कोखबाट अलगिएर
अाज यो फोहोर मैलोको कन्टेनरबाट
तिमीलाई बोलाउँदै छु
मेरी लाचार अनि विवश अामा !

हो म
तिम्री छोरी हुँ
भर्खर मात्र म
दिन हप्ता महिना हुँदै
तिम्रै रगतलाई अाकार दिँदै गर्दा
सोनोग्रामले छोरी भनेर
लालमोहोर लगाइदियो नि अामा
कति दुर्भाग्य तिम्रो अनि मेरो
हामी दुबैको

हो अामा
थाहा छ नि मलाई
तिम्रो गर्भमा मैले बास पाएँदेखि
तिम्रो मातृत्वले निथ्रुक्क भिजेका हातले
मनमा चिसो भय अनि न्यानो स्नेहले
बिस्तारै बिस्तारै सुम्सुमाउँदा
म कति हर्षित थिएँ
कि म तिमीबाट जीवन पाउँदै छु

तर ब्रजपात पर्यो हामी दुबैमा
म तिमीबाट अलगिनु पर्यो
तिम्रो धर्तीबाट अर्को धर्ती चुम्नुभन्दा अघि नै
कति कमजोर भएकी तिमी
कति निष्प्राण भएकी
मलाई तिमीबाट दिन नपुग्दै अलग्याउँदा
जति मलाई दुखेको थियो
त्यो भन्दा बढी तिमीलाई दुखेको थियो
तर किन अामा
तिमीबाट त यो विभेदको पराकाष्ठ
रोकिनु पर्ने थियो नि

तर तिमी त
यो पाखण्डी संस्कारमा मनोकाङ्क्षा
पूरा गरिदिने पर्सिएकी बली भयाै
पितृसत्ताको टेको लगाएर
ढडिएको अाडम्बरी समाजमा
पाइलैपिच्छे कुसंस्कारका तिखा किल्लामा
हिँड्दाहिँड्दै छियाछिया भएको तिम्रो मन
कहाँ अटाउन सक्थ्यो र
म तिम्रो धरातलमा फुल्न

तिमी त चेतनाको प्रतीक हाै 

त्यसैले थाहा छ तिमीलाई सबका सब
यहाँ सधैँ हर घडी
सीताहरू पत्नी धर्मको
अग्नीपरीक्षा दिन बाध्य छन्
द्रोपतीहरू लुटिन्छन्
वृन्दाहरू बलात्कृत हुन्छन्
नाबालिका गोमाहरू श्रापित हुन्छन्
अनि बिना कसुर दण्डित हुन्छन्
ब्रम्हहत्याको पगरी गुथिदिँदा
बिचरा भुन्टी माइली सानी
कतै छाउपडीमा कतै गाइगोठमा
कतै कालो कोठरीमा
ज्यानलाइ समयको धारमा
रेटिदै बाैरिदै गर्छन्
कतै दाइजोको नाममा
कुटिन्छन् लखेटिन्छन् जिउँदै जलाइन्छन्
यहाँ हरेक तत्वका नाममा
परिवार समाजका अनेक
पाखण्डी जडका नाममा
मात्र छोरी
दु:खकोअग्निकुण्डमा होमिन्छे
अनि अाफ्नो अस्तित्व बचाउन नपाइ
शून्यसरि बिलाउँछे

म तिम्रो
बुढेसकालको सहारा कसरी बन्न सकिनँ
मरेपछि दागबत्ती दिन मैले नमिल्ने
काजकिरिया मैले बस्न नहुने
त्यसैले पुराणका ठेकेदारसँग कसरी
जुध्न सक्छ्याै र तिमी
जहाँ धर्मका नाममा संस्कारका नाममा
मात्र नारी होमिदै अाएकी छे सदियाैँदेखि

त्यसैले त अामा
तिमीले मलाई मेरो नामोनिसाना मेटाउन
डाक्टरलाई उर्जी दिनु
अनि अाफैँ पलपल मर्नु
यो कस्तो बिडम्बना
तर अामा तिम्रो मेरो कथा उस्तै छ
तिम्रो मातृत्वले भरिएको मन
तिम्रो प्राण रहेसम्म मलाई सम्झन्छ
र म तिमीलाई बोलाइरहन्छु
मेरी कमजोर अनि लाचार अामा !         

प्रकासित मिति

Loading...

 

yummyfood