1478958692 banner ad format

 
 

काठमाडौँ - सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भइन |

Renu Dahal bharatpur mahanagar

भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन । 

प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन । 

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । 

लामो समयको प्रतिक्षा पछी भरतपुर महानगरलाइ लिएर विभिन्न टिका टिप्पणी भैरहेको थियो | जसअनुसार हिजो मत परिणाम घोषणा भयो र जीत हासिल गरिन रेणु दाहालले | उनको जितसंगै साउदीमा रहने पुर्ब जनमुक्ति सेनाले उनलाई एउटा पत्र लेखेका छन् | 

पत्र जस्ताको तस्तै  : 

माफ गर्नु #रेणु दिदी !

तिमिलाइ बधाइ दिन सकिन हजारौंको बलिदानी लाखौंको त्याग समर्पणमा हुर्केकी तिमिलाइ हेरेर कति अभिभावकले आफ्नो सन्तानको हराएको बिर्सिन्थे होला । सोच्थे होला तिमि पनि बेपता पारिएका जस्तै बोल्छेउ र सहिद जस्तै साहसी बन्ने छौ भनेर ।

न्याय मार्गमा अबिचलित लागिरहनेछौ भन्नेमा संका गर्दैन थ्ये होला । तर आज तिमिलाइ काङ्ग्रेसजनको ग्रह शान्तिको दान दक्षिणा हात लागेको बेला हजारौं आमा बाबाले आफ्नो सन्तान गुमाएको आलो दुखाइ भोगेका छन । सिरानी मुनिवाट एक मैलो तस्विर निकालेर भक्कानिएका छन ।

तर तिम्रो बगैचामा लड्डु लर्कन सहित सेल्फि सुट हुदैहोला । यो कस्तो परिस्थी हो तिम्रो बिजयमा लाल झन्डा लजाउनु पर्ने ? सायद भित्र बाहिर सबै तिर बाट आएको बधाइ फाइलिङ्ग गर्ने नसक्ने हतारो पनि होला । फुर्सद मिल्यो भने सोच्नु तिमि आफै भित्र आफै छौ या अरु कोहि भनेर ? आफै भित्र आफै नपाउने उपलब्धिले एक दिन ठुलो पश्चतापमा जाने कुरा निश्चित जस्तै छ । मलाइ लाग्यो तिमिलाइ लाजिम्पाटले लद्दु बनाएछ ।

सत्ताले सुस्त पारेछ । त्यसैले सोचिनौ र बुझिनौ स्मरण गर तिम्रै टाउको मुल्य तोकेर वलात्कार गर्न फर्मान जारी गर्नेहरुको संगको घिन लाग्दो साठगाठ र निगाह बाट मेयर हुनु भन्दा तिमि त्यही बेला सहिद या बेपत्ता भैदिएको भए कम्तिमा तिम्रो सार्थक जिवनलाइ सलाम र सपनालाइ साथ दिने करोडौं नेपाली जनता अवस्य हुनेथिए । त्यसैले बाटो बिराएर जहा पुगेकी छौ भोली कुनै बेला भयानक कुन्ठाको कुवामा हुने छौ ।

आज बाट तिमि पुष्पकमलकी पुत्री र देउवाकी भतिजी भन्दा अरु बन्न सकिनौ । याद गर्नु : बर्दियाकी जानकी चौधरीहरु बेपत्ता पोखराका नमिता सुनिताहरुको समर्पण र बाकेकी सुनिता सापकोटाहरुको शहादतले मात्र बिधा भण्डारी बिराजमान र रेणु रगीन भएका हुन । त्यसकारण न्याय स्वतन्त्रताका लागी चुनाव होइन क्रान्तिकारी समर्पण भावको चेतना चाहिन्छ ।

man bahadur sahakari

मानबहादुर सहकारी पुर्ब जनमुक्ति सेना।

सातौ डिभिजन कार्यलय

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood