annapurna add

विधिमा चल्ने 'कम्युनिस्ट' आज चिया पसलमा चल्दैछ !

Arati Bhandarinews

काईला दाईको चुलो बलेन रे
साईली दिदिको पनि त्यस्तै दशा छ रे
हेर त साथी विश्व दुखिरहेको छ !
मानिसहरु मरिरहेका छन !
कोभिड 19 को सिकार बनिरहेका छन !
सबै देशका सरकार आआफ्ना देशबासिको सुरक्षा गर्न
संकट कम गर्न लागिपरेकै छन !

यस्तैमा हाम्रो मुलुक नेपाल
देशबासिलाई घरबित्रै बस्न आह्वान गरेको छ
हुनेखान्र पुजिपती बर्गहरु त
सन्चित अन्न बालिले बाच्लान
तर
दिनभरी श्रम गरेर बेलुका खाने
ज्यालादारी गर्न पुजिपतिको मा जाने
साच्चिकै हुँदा खानेहरु के गर्लान ?
कत्तिलाई त महामारी भन्ने नै थाहा छैन !
'लकडाउन'मा पनि निर्बाध डुलिरहनेहरु
दश रुपैयाँको मार्क्स किन्न नसक्नेहरु
सेनिटाईजर सुन्दै नसुनेकाहरु के गर्लान् ?

हामी आफुलाई मुलुकका सचेत नागरिक भन्छौं
बर्गिय बिचारधारा पछ्याउँदै हिड्न चाहन्छौ
तरपनी महामारीको सिकार हुदा खाने नै बन्छन !
महामारी बाजा बजाएर आउदैन !
भाईरसहरु उत्पादन भैरहन्छन !
त्यसैमध्य कोरोना भाईरस !
आतंककारी बनेर आएको छ !
न कुनै बार्ताबाट रोकिन्छ !
न कुनै बिबिध बुदे सम्झौताबाट
सरकारले तैयारी नगरेको होईन
जहाँ छौ त्यही बस भनेकै छ !
हामी सबै बसेकै पनि छौ !

अन्न हुनेले घरमा जे छ त्यही पकाएर खाएकै छन
बिचरा ती निमुखा श्रमजीवीहरुको
हिजैदेखी चुल्होमा आगो बलेको छैन रे
दिउँसो ज्यालामजदुरी गरिगरी
बेलुकी ३ किलो चामल किनेर ल्याउने साईला दाईको
काम पनि रोकियो रे माम पनि रोकियो रे
बल्ल बल्ल ऋण खोजेर कुखुरा पालेकी सीता दिदिको
दाना नपाएर कुखुरा मर्दैछन रे ,
सरकारले नि के गर्न सक्नु छ र यो संकटमा,
विश्व नै आक्रान्त छ
चारैतिर रुवाबासी छ,,
बिचरा गरिबलाई
'लकडाउन' गरे खान नपाएर मर्नुपर्ने भयो !
'लकडाउन' नगरे रोग लाएर मर्नुपर्ने भयो !!

लेखक आरती भण्डारी अनेरास्ववियू केन्द्रिय सदस्य हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर