देब चाैँलागाइ

ड्राइभर गाडीमा कुरेर बसेको रहेछ । मेरो उपस्थितिले उ प्रफुल्लित हुँदै भन्यो 'ह्याप्पी बर्थडे बुबा' मैले टाउको हल्लाएर इसारा गर्दै धन्यबाद फर्काएँ र  गाडी भित्र बसें । मैले भने बाबु हिंड पशुपति गएर आउँ । उसले गाडी अघि बढायो । मेरो मनले केहि सोच्न सकेको थिएन मनमनै कुरा खेल्न थाल्यो- प्रथम भागबाट ...........

(अघिल्लाे अंकमा धुलाे लागेकाे डायरीमा पढनु भयाे त? नभए कथा बुझ्न यहाँ पढनुस ।)

दोश्राे भाग

आहा ! कति राम्रो जिन्दगी, जीवन रंगिन जस्तै लाग्यो । गाँउमा जन्मिए पनि मेरो बुवाले नेपाल प्रहरीमा जागिर खाएर मलाई शिक्षाको उज्यालो दीपबाट  टाढा राख्नुभएन | स्कुलस्तरको शिक्षा सकाएर काठमाडौँ उच्च शिक्षाको लागि पठाउनु भएको थियो | आज मैले बुवाआमाको सपना पुरागर्दै अंग्रेजी बिषय लिएर बिए सम्मको पढाई प्रथम श्रेणीमा पास गर्दै सफलता पुर्बक सम्पन्नगरि दोलखामा रहेको आफ्नो प्यारो घर फर्किएको थिएँ  ।

२४ बर्षको जवान उमेरमा दौडिरहेको म शहरमा गएर  पैसा कमाउने भन्दा पनि आफ्नै गाँउमा शिक्षाको ज्योतीछर्दै शैक्षिक आकाशलाई फराकिलो बनाउने, बिकासको योजना अगाडी बढाउने र चरिकोट सदरमुकाममा बसी नोकरी गर्ने बिचार गरें  ।  मेरो यो बिचारमा बुवा आमाले पनि सहमति दिदै कर्तव्यमा लाग्न प्रेरित गर्नुभयो  ।

प्रकृतीको त्यो अनुपम बिशाल छहारीमा जन्मी हुर्केको म सबैको भलो चिताउने र सहयोगको भावना राख्ने नै गर्दथें  ।  जसको कारणले मेरा छिमेकी आफन्तहरु सबैको प्यारो, आखामा नै राख्दा नबिझाउने जस्तो थिए म |

love dairy2 kantipathnews

मेरो यस्तै स्वभावको रङ्गले  गर्दा मेरा  काठमाडौँ क्याम्पसमा पढ्दाका साथीहरुले साह्रै माया गर्थे ।  साथै साथीहरु नेपाली चलचित्र बनिरहेका छन, सिनेमाको हिरो बन्न लायक शारीरिक बनावट भएको भनेर प्रसंसा गर्दथे । सिनेमाको हिरो बन्न त्यस  क्षेत्रमा लाग्नकोलागि जिस्किएर  सुझाब दिने  गर्दथे |साच्चै मेरो प्यारो जन्म स्थान आफ्नो गाँउमा पनि सबैको माया पाएर आफैमा गौरब गरिरहें | सबैले मलाई शिक्षित व्यक्तित्वको रुपमा सम्मान दिए |

केहि समयको गाँउको बसाइ पछी नोकरीको निमित्त सदरमुकाम चरिकोट बजारमा कोठा लिएर बस्न सुरु गरे ।  अंग्रजी बिषय लिएर पढेको हुनाले जागिर पाउन गारो भएन, जसले गर्दा एउटा स्कुलमा पढाउन सुरु गरें   । केहि समय पछी एस.एल.सी. दिने बिद्यार्थीहरुलाई कोठामै टिउसन पढाउन सुरु गरे । ट्यूसन र बिद्यालय दुवै तिर पढाउनु पर्ने भएकाले बिहान देखि बेलुका सम्म व्यस्त  हुन्थें  ।  प्राय: फुर्सद बिहान मात्र हुने गर्दथ्यो । कमाएको केहि पैसा घरमा पनि पठाउने गर्थें  जसले घर परिवार पनि खुसि नै थिए ।

समय आफ्नै गतीमा बित्दै जाँदा  स्कुलमै शिक्षण गर्ने एक शिक्षिकासंग  सामिप्यता बढ्दै गयाे । उनि पनि म जस्तै गाउँकी नै थिइन् र सदरमुकाम बसेर पढाउने अनि पढ्ने काम गर्थिन । उनि प्राथमिक तहमा पढाउने गर्थिन, म माध्यामिक तहमा पढाउने गर्दथें  ।

उमेरमा पनि म भन्दा ४/५ बर्षले कान्छी नै थिइन् । उनि सार्है सुन्दर रुप, शारीरिक बनावट र ब्यक्तित्वको धनि थिइन । जो कसैलाई नै सजिलै प्रभाब पर्न सक्ने क्षमत राख्थिन | हामी प्राय खाली समयमा धेरै गफिने, एक अर्कासंग दुखसुख साटासाट गर्ने गर्थ्यौ | लाग्थ्यो भगवानले नै हामी दुइ एक अर्काको लागि बनाएको जस्तै । समय बित्दै जाँदा हामी एक अर्का संग धेरै नजिक भएका थियौ |

एक दिनको कुरा हो, त्यो दिन शनिबार थियो ।  हामी दुइ कतै घुम्न जाने भनि योजना बनाई चरिकोटबाट बिहानको पहिलो बसमा चढी जिरी तर्फ लाग्यौं  र बिहानको खान जिरी पुगी एक होटेलमा खायौं । केहीबेर जिरी बजार र प्रकृतिको सुन्दरतामा लुकामारी गर्दा  गर्दै  जिरी बसपार्कबाट  लास्ट टिपको बस हामी पुग्नु केहि समय अघि नै हिँडीसकेछ ।

हामी त्यसपछि दुबिधामा पर्यौं त्यो दिन त्यहींको  होटलमा एउटा कोठामा संगै रात बितायौं  । साथै भोलिपल्ट बिहानै पहिलो बस चढी चरिकोटमा स्कुल पढाउन भ्याउने गरि हिड्यौ । हाम्रो प्रेमको बिरुवा दिनप्रतिदिन बढ्दै थियो गाढा हुँदै  थियो ।  यति सम्म कि हामी दुइ कुनै पल पनि एक अर्कासंग बिछोड हुन् चाहादैन्थ्यौ मानौ नङसग मासु जस्तै । दुवै जना कोठा भाडामा लिएर नोकरी गर्न बस्ने हुदा हामीलाई भेटघाट गर्न कुनै बाधाहरुको पर्खाल थिएन  ।  चाहेको बेलामा सजिलै भेट्न सक्थ्यौं  ।

हामी एक अर्काप्रति नजिक भएका कारणले बिबाह बन्धनमा बाधिने सल्लाह गर्ने गर्थ्यौं । अनि उनि जिस्किएर “राजेन्द्र यदि मैले तपाइँसंग बिहे नगरी अरु संग गरे भने के गर्नुहुन्छ ?” भनि सोध्थिन  ।  म हतारिदै जवाफ बिहिन  हुदैहुँदै तेस्तो हुन् सक्दैन भनि उत्तर फर्काउने गर्थें । फेरी जिस्किदै मायाका रागसंगै अंगालिएर संसार भुल्थौ । यति रमाइलो जिन्दगि बितेको देख्दा आफैलाई आफ्नो गर्ब लाग्दथ्यो ।

मैले एकदिन उनीसंग अघिल्लो भेटमा आफ्नो बुवाले गर्नु भएको बिहेको कुरा सुनाएँ ।  उनलाई पनि आफ्नो घरमा हाम्रो प्रेमको बारेमा जानकारी गराउन लगाएँ  । उमाले पनि सजिलैसंग आफ्नो घर परिवारमा तेस्तो असहजता नरहेको कुरा प्रस्ट पारिन, अनि म बिहेको तिथि मिति तोक्न उनको घरमा बुवालाई लिएर आउने जानकारी गराएँ । बिदाको दिन पारेर बुवालाई साथलिई ३ घन्टाको बाटो हिड्दै उनको घर गएँ । उमाको घरमा उनकी बुढी आमा, एक जुम्ल्याहा दिदि र दाई भाउजु रहेछन ।

बुवा, उमा सानै हुदा भीरबाट लडेर बित्नुभएको रे | दाजु गाँउमै खेती किसानी गर्ने रहेछन | उमाको घरमा पुगी सबैजना सगै बसेर बिहेको तिथि मिति टुङ्गो लगाई खाजा खाइ हामी बाबु छोरा घर फर्कियौं । घरमा आइसकेपछि खुसीसाथ आमा  भाइलाई खबर गर्यौं  ।

बिहेको तिथिमिति तय भएपछी उमाले एकाएक स्कुल पढाउन छोड्ने निर्णय गरिछन । याे कुरा थाहा पाएर म आश्चर्य चकित भएँ  । मलाई ठुलो धक्का लागेको महसुस भयो । हाम्रो बिहे आउन २ महिना बाकी नै थियो तर उमाले स्कूल पढाउन र कोठाको सम्पूर्ण सामग्री लिएर गाँउ फर्केकी थिइन् । मसंग फर्कने बेलामा धेरै नबोली “अब बिहे हुन् दुइ महिना बाकी त छ नि” भन्दै बिदा भएकी थिइन् | म पनि उनी बिनाको दुइ महिना दुइ बर्ष महसुस गर्दै धैर्यता गर्दै समय बिताए |

kantipathcom dusty darary dev anjan

सामाजिक परम्परा अनुसार बिहेको अघिल्लो दिन ब्राह्मणबिना ग्रहशान्ती गरि बिहेको तयारी भैरहेको थियो ।  आफन्त छिमेकि दाजुभाई साथै नयाँ दुलही भित्र्याउने तयारीमा अत्यन्त हर्षित थिए । म भने मेरो जीवनको नयाँ अध्यायको पाना पल्टाउन आतुर भएको जस्तो देखिरहन्थे | रितिरिवाज अनुसार भाेलिपल्ट हामी जन्ती लिएर उमाको घर पुग्यौ | त्यहाँ सबैले नियाल्दै भन्दै थे “बेहुला त सार्है राम्रो है”। |

घुम्टोले छोपिएकी उमासंग धर्मशास्त्र अनुसार बिहेगरि डोलीमा चडाएर मेरो घर तर्फ फर्कियौं ।  मेरो मनमा जिन्दगीका अनेक कल्पनाहरु आइरहेका थिए ।  लाग्दै थियो जीवनले  कोल्टे फेर्दै छ | सार्है  प्रफुल्लित हुँदै  जन्ती भोज खाएर सबै बिदा भए | अनि बेहुला र बेहुलीलाई भनेर छुट्याइएको कोठामा हामी छिर्यौँ  ।  मधुरो टुकी बत्तीमा कोठा सजिएको रहेछ  । 

मैले ढोका बन्द गरें, बिहेको मण्डपभरि नै नबोलेकी उनि मैले उनलाई पटक पटक कोठा भित्र बोलाउंदा नि उनले जवाफ नाफर्काए पछी घुम्टोमा सजिएर रहेकी उनको घुम्टो हटाइ बोल्न खोज्दा मेरो बोलि नै रोकिन पुग्यो । म स्तब्ध भएं, जस्तो बच्चालाई चुप लाग भनि डर देखाएर चुपचाप लागे जस्तै भएं  म ।त्यहाँ  घुम्टो भित्र मेरो प्राण भन्दा प्यारी उमा थिइन घुम्टोभित्र मेरी प्राण प्यारी उमाकी जुम्ल्याहा दिदि “आवाज बिहिन झूमा” पो रहिछन् |

झुमालाई मेरो बेहुलीको रुपमा घुम्टोले छोपिएर सुहागरात को त्यस अवस्थामा देख्दा मेरो ओठ मुख सुकी गला अवरुद्ध भयाे । पृथ्विले नै थिचेको महसुस गरि त्यही अर्धचेत भएंछु | त्यो रात कसरी बित्यो थाहा नै भएन ।

यतिबेला सम्म मेरा चस्मामा आसुका थोपाहरु टिलपिल गर्दै हल्लिरहेका थिए, अनि मैले केहि देखिन  चस्मा फुकाली रुमालले आँखाको आसु र नाकबाट बगेको पानी  पुछ्दै फेरी डायरीको अर्को पाना पल्टाएं ...............

क्रमस ......

लेखकसंग सम्पर्कका लागि यहाँ क्लिक गर्नुहोस ।

 यो  पनि पढ्नुहोस : एउटा प्रेम डायरी 

यो लिँकमा "like"  गरि लेखकलाइ प्राेत्शाहन गर्न बिर्सनु भयो कि?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...