1478958692 banner ad format

 
 
-मैया लामिछाने
 
मैले आफ्नै मृगौला बेचेको बर्षौं भयो ।
उपचार बिना बाबा बितेको बर्षौं भयो ।।
 
आज बिहानै भिताको तस्बिर बोल्यो
'दिदी, तिमीसँग नखेलेको बर्षौं भयो ।।
 
मैले सकिनँ आमाको मुस्कान फर्काउन 
साहुले  लालपुर्जा  लगेको  बर्षौं  भयो ।।
 
बेपत्ता दाइको ठेगाना म कहाँ पाउनु ?
आँसुले एउटा चिठी लेखेको बर्षौं भयो ।।
 
म हाँसू कि रोऊँ आमा त जिवित छिन्
मुटु-दिमागमा रगत जमेको बर्षौं भयो ।।
 
ए  प्यारा ! अब  के  के  माग्छौ  मसँग ? 
गुलाब जस्तो मुटु दिएको बर्षौं भयो ।।
 
 

प्रकासित मिति

Loading...

 

yummyfood