tealaya add

 काठमाडौँ, १५ माघ । स्रष्टाहरुले शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनुपम साहित्यिक प्रतिष्ठान, काठमाडौँको शनिबार सम्पन्न ५४ औँ सिर्जना वाचन कार्यक्रममा सम्पन्न भयो ।

कार्यक्रममा सहभागी साहित्यकारहरुले शहीदले देखाएको बाटोमा हिँड्न सकेमात्र उनीहरुको सपना साकार हुने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नरनाथ लुँइटेलले नेपाल र नेपालीको हितका लागि प्राण उत्सर्ग गर्ने वीर शहीदहरुको योगदानको कदर गर्न सबै नागरिक राष्ट्रनिर्माणमा अग्रसर हुनुपर्ने बताए ।

सीतापाइलास्थित नागार्जुन कम्युनिकेसनका सञ्चालक माधव अधिकारीले  नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विश्वसाहित्यसँग प्रतिष्पर्धा गर्न योग्य बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा विभिन्न स्रष्टाले शहीदसम्बन्धी रचना वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा सम्पन्न समारोहमा सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, गोगंबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइँकेल, भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, हरि खनाल, दुर्गा रिमाल अधिकारी, जितु खड्का, जगदीश्वर पोखरेल, जनार्दन अधिकारी धड्कन, तारा केसी, बिनुबाबा घिमिरे लगायत ३५ जना स्रष्टाले आफ्ना सिर्जना वाचन गरेका थिए ।

२०६९ सालमा स्थापित अनुपम सिर्जना प्रतिष्ठान नेपालले नियमित रुपमा हरेक महिनाको तेस्रो शनिबार सिर्जना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर