tealaya add

budi psतिमी बाट एकै छिन टाढा भएर बस्न सक्दिन, तिमीले सुनाउने जिन्दगीका सुख दुखका गीतहरु, आफ्नै भोगाईका लयमा गाउँदा बुझें तिम्रो महानता ! 

तिमी मेरो जीवनको उज्यालो छर्ने चन्द्रमा हौ आमा ! जबसम्म तिमीमा उज्यालो प्रदान गर्ने उर्जा हुन्छ, तवसम्म म चम्कीरहने छु !

हजार दुखकष्ट सहेर, नौ महिना कोखमा राखेर, दश धारा दुध चुसाएर, आधा मलमुत्र खाएर हुर्कायौ, तिम्रो महिमा अपरम्पार छ । तिम्रो गुणगान यो जुनिमा त के हजार जुनिमा पनि गाएर सक्दिन म !

आमा ! तिमी साक्षात् देवी हौ । तिमी रंगहरुमा मिसिएकी रंगिन सपना हौ, जादुयी मुस्कान छर्ने एक जादुगर हौ । सुकोमल, सुन्दर हृदयकी मालिक हौ तिमी !

जीवनमा जस्तोसुकै दुखकष्ट आइ परेपनि कतिपनि बिचलित हुनु हुँदैन भन्ने कुरा तिमीबाट सिकेकी छु । तिमी बाटै हो मैले 'म' हुनुको अर्थ भेट्ने, 'म' रहनुको कारण भेट्ने मेरो संगम स्थल हौ तिमी !

आकाश भन्दा फराकिलो, समुन्द्र भन्दा गहिरो माया मेरी आमा !!

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर