1478958692 banner ad format

 
 
र आँखाबाट बर्षियो आँशु
भेट्टायो आफ्नै तटबन्द र भत्कायो सहनशिलता
पोखियो गालै गाला
 
 
आँशुको पनि प्रकार हुदो रहेछ
कहिल्यै सुखमा त कहिल्यै दु:खमा
कहिले पीडामा त कहिल्यै छटपटिमा
 
मैले गरिबहरुको आँखामा आँशु देखेको छु
धनीहरुको आँखामा आँशु देखेको छु
न्यायिकहरुको आँखामा पनि 
र सामन्तहरुको आँखामा पनि 
 
 
कोहि पिएर आँशु झार्छन
कोहि दिएर आँशु झार्छन
कोहि लिएर आँशु झार्छन
 
आँशु झर्नुको पनि आयाम हुदो रहेछ
आँशुको मूल्य नै नहुदो रहेछ,
 
भन्थे पीडामा बगाएको आँशुले सहनशिल बनाउछ
तर मलाई सबै भन्दा कमजोर तिम्रो आँखाबाट झरेको आँशुले बनाईरहन्छ।
 
 
किनकी तिमी नि: स्वार्थ 
मेरो कारण आँशु बगाईरहन्छौ
 
 
तिम्रो आँशुबाट- मनमा बसेको म 
खसिरहेको हुन्छु र बिलाईरहेको हुन्छु
 
 
किनकि
म तिम्रै आँशुको थोपाभित्रबाट तिम्रै अनुहार हेर्न सक्दिन।
 

प्रकासित मिति

Loading...

 

yummyfood