1478958692 banner ad format

 
 

कबिता : अब त मलाई "म" बन्नुछ

यो मेरो जिन्दगी कहिल्यै जिन्दगी बनेन ,

बिधिको लागि जिउनुपर्ने ,

नियमको निम्ति बाँच्नुपर्ने

बिहान अार्लामले उठाएको जिन्दगी

कसैको बनावटी ढोङ् , नियम र

सिद्धान्तको पिछलग्गु जिन्दगी

इसारामा चलेको रोवोर्ट जस्तो

मान्छेको जिन्दगी ,

विधि र नियमले छेकिएको छ

सिद्धान्त र दर्शनले पुरिएको छ

अादर्श र नीतिको दलदलमा भासिएको छ

मलाई जिउनका निम्ति तिम्रा

बनिबनाउ पुराना नियम र सिद्धान्तहरू

नसिकाउ बिधि र बिधानहरू नरटाऊ मैले

अाफैँ बाँच्ने यौटा जिन्दगी लिएर अाएको

छु

मेरो बाल मस्तिष्कलाई अनुकरण गर्नबाट

रोक्न नखोज,

मेरो यो भरिलो जवानिलाई विधि र

नियमको सोकेसभित्र बन्दी नबनाऊ,

मेरा विशाल ईच्छा र चाहनाहरूलाई

सीमित भूगोल र निश्चित सिमानाभित्र

बन्दी नबनाऊ,

किनकी

म बाँच्न चाहन्छु।

तिम्रो नियमले मलाई अनियन्त्रित

बनाउँछ ,

तिम्रो विकासले मलाई गतिहीन बनाउँछ

तिमीले बनाएको जिन्दगीको लक्षण

मेरो जिन्दगीमा अव्याप्त हुन्छ ।

जिन्दगीलाई परिभाषित गर्न नखोज,

जिन्दगीलाई नियम र सिद्धान्तले नपुर,

म च्यापिएको छु, मलाई बचाऊ,

मलाई बाँच्नदेऊ

कति पटक भनिसके मैले - "बुद्ध,

गान्धि,लेलिन र अाईन्स्टाईनहरू धमिरा

लागेका ईतिहास हुन्"

"हिटलर , सिकन्दर र माअोहरू चेतनाका

भय हुन्"

हिटलर नबन्ने ईतिहास,

गान्धी बन्ने अादर्श ,

बुद्ध बन्ने दर्शन

उहिल्यै चितामा खरानी भैसके

अब त मलाई म बन्न्नुछ

बस म !

Navaraj Ghimire

नबराज घिमिरे

गोकुलगंगा,४ रामेछाप

प्रकासित मिति

Loading...

 

yummyfood