1478958692 banner ad format

 
 

हेर्छु मायाको झलक तिमीमा छ कि छैन

जस्तो घरको खुसि आगनीमा छ कि छैन

पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म

बुझ्नु नै छ गहिराईको सिमा छ कि छैन

आउ हामी यो दुनियाँलाई पछारेर देखाउ

भन यति साहस तिम्रो मुठ्ठीमा छ कि छैन

बिचारको युद्ध गर्नेले बिचार बोकेर हिड्छ

नसोच्नु कि प्यार "बिद्रोही"मा छ कि छैन

 manu

मनु बिद्रोही

नुवाकोट

प्रकासित मिति

Loading...

 

yummyfood