annapurna add

laxmi ghimireसुनको लौरो समाउँदैमा स्वर्ग जाने कोहि छ ?
अन्नधन्न कमाउँदैमा स्वर्ग जाने कोहि छ ?

राम्रो मीठो लाउन खान लोभ गर्छन् कति,
अनावश्यक जमाउँदैमा स्वर्ग जाने कोहि छ ?

उसले भन्दा मैले धेरै के के गरें भन्छन् ,
देखासिकीले रमाउँदैमा स्वर्ग जाने कोहि छ ?

आफ्नो आयु छोट्याई छोट्याई सातपुस्ताको चिन्ता,
सन्तानलाई रास थमाउँदैमा स्वर्ग जाने कोहि छ ?

-लक्ष्मी प्रसाद घिमिरे

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर