annapurna add

suresh karkiती राजा अनि रानी कहाँ पुग्यो होला ?
कलकल बगेको पानी कहाँ पुग्यो होला ?

घ्यार्र घुर्र ठेकी भित्र मोहि पार्ने आमा
सम्झन्छु ठेकि मदानी कहाँ पुग्यो होला ?

आँगनिको हलो जुवा करेसामा राखी
बोकेर राहाधानी कहाँ पुग्यो होला ?

बुद्धत्व खोज्न हिड्यो एउटा मनुवा
नेपाली महा ग्यानि कहाँ पुग्यो होला ?

मेरो मन्दिरमा सधैं बा आमा बस्छन्
भगवान जानाजानि कहाँ पुग्यो होला ?

- सुरेश कार्की 'निषद्'

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...