annapurna add

suresh karkiउस्तैछन् चाउरिएका बाका गालाहरु
चरचरी फुटेका आमाका पैतालाहरु !

खै कसरी पाले पोसे हुर्काए कुन्नि मलाई ? 
चिसै छन् अझै बालापनका टालाहरु !

अहिले झैँ दशैँ तिहार पहिले नि आउँदो हो,
केले टारे कुन्नी थिएनन् सिक्री बालाहरु !

थाहै छ धनले धन ऋणले ऋणै कमाउँछ,
ऋणिकै ढाडमा रोपिन्छ ब्याजका भालाहरु !

देश डुबाउँदै गर्छन् नेता डुब्दैछन् जनता, 
छेपारोको रङ्ग झैँ फेर्ने गर्छन् चालाहरु !

-  सुरेश कार्की 'निषद्'

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर