annapurna add

 

suresh karki

- सुरेश कार्की 'निषद्'

फर्क बाबू खेत्को आली रुदैँछ!
मन्दिरमा पुजाको थाली रुदैँछ!

आजकाल गाउघर शून्य भाछ
छरिँदै बिस्कुन बाली रुदैँछ !

बाझियो खेतबारी उब्जनी छैन
जोतार हलोसंगै फाली रुदैँछ !

आँगन पनि मलाई त टाढा भा छ
चुहिँदै कटेरो अनि पाली रुदैँछ !

पोहोर आमा बित्दा मलामी पाइँन
बियोगमा अङ्गालो हाली रुदैँछ !

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर