1478958692 banner ad format

 
 

nepali gazal from japan

कथामा हात चलाउदै अाउनुधएका कथाकार सतिस भट्टरार्इकाे गजल कान्तिपथमा पहिलाे पटक प्रकाशन गरेका छाै । बिशेषगरि प्रवाशमा रहेका नेपालीकाे ब्यथालार्इ शब्दमा उनेर कथामा  प्रस्तुत गर्न सक्षम रहनु भएका कथाकारकाे याे गजल पनि प्रवाशकाे पिडा र अाफ्नाे गाउघर प्रतीकाे मायाकाे सेराेफेराेमा नै रहेकाे  छा ।गजलकार स्वय नै हाल जापान प्रवाशमा रहनु धएकाेले गजलमा अाफ्ना बेदनाहरू छताछुल्ल धएका छन । संपादक

 
गजल

कस्तो भयो होला मेरो गाउँ , नदेखेको धेरै भयो
बाझै होला है खेत वारि , नजाेतेकाे धेरै भयो।

म घर छदानै चुहिने छानो , नटालेको के भयो
भिता भरि जरा पलाए होला, नउखलेको धेरै भयाे।

हुने सक्ने तराई तिर झरे , नसक्नेको के भयो
बुढा बाबु लाठी टेक्ने भएरे , नभेटेको धेरै भयाे।

व्याज पनि स्याज हुन्न लागेछ , नतिरेको के भयो
आमा को हातको मिठो भात, नखाएको धेरै भयाे।

भनेले भन्दछन् जापान पो छस् , नकमाएको के भयो
जान्न भन्दा फर्कन गाह्रो विदेश , नफर्किएको धेरै भयाे।

 

satish bhattarai 777777 min

सतिस भट्टराई TOKYO JAPAN

रचनाकारका अन्य रचनाहरू
तपाईको जापानिज छोरीलाई जस्ता पाता जस्तो सधै टलकिरहेने केटो खोजदिनूहोला।
म अनि जापान

 

प्रकासित मिति

Loading...

 

yummyfood