tealaya add


poet hari thapa
हरि थापा

कविता

सरकारको कहिल्यै नदुख्ने त्यो मन

डाडु पन्यू अाफ्नै हातमा छ
कहिले यो भएन,कहिल्य त्यो भएन
फलानाले गर्न दिएन,
तिलनाले गर्न दिएन
मैले त यसो गरु भनेकै हो
उसले मानेन,बहानै बहाना,
चिल्ला कुरामा चल्ने मेरो देश
अाँशुको सागरमा डुबेर बाच्ने मेरो देश
भावनामा बग्ने मेरो देश 
रुप रङ्गको चर्चामा चल्ने मेरो देश
सम्भावनाहरू कथा भएको मेरो देश।।

वेतिथीले शदा सताईरहदा 
अन्यायमा परेकाहरुले,
न्याय देऊ भनिरहदा
कान थुनेर उल्टै पिडा दिने
चलन चल्ती रहेकाे देश
जहाँ विचोैलियाको विगविगी छ
सरकारले त्यस्तैको सुरक्षा गर्छ
नागरिकको मुल्य त केहि हैन 
चाजोपाजो मिलाउने दलालनै प्यारो छ
त्यसैले त नागरिकले न्याय पाउदैनन्।।

बलात्कारीले चीरहरणा गर्दैछन
हत्याराले हत्या गर्दैछन
घुसखोरीले घुस खादैछन,
पावर,पैसा हुनेहरुले,
शक्तिको सदुपयोग गर्दै,
कालो धन्दा चलाएका छन
तर पनि सरकारको ध्यान त्यता छैन
जनता चकित परेर रमिता हेर्दै छन।।

अापतमा मान्छे छटपछाई रहदा
सिटामोल सिटामोल भनि चिच्याईरहदा
सरकार,
तिमी भने अाफ्नो दुनियाँमा मस्त छोै

कानुन तिम्रो हातमै छ,
नियमका कुरा गर्छोै
गरिवलाई सताउँछोै 
पाँच तारे होटलमा भब्य पाटी गर्छोै
योजना टेण्डर,ठेक्का पट्टाका कुरा गर्छोै
देशै ठेक्का लगाउने कुरा गर्छोै
न भविष्य सोच्योै न त वर्तमान ।।

एक कप चिया पिउन,नास्ता गर्न
स्टार होटल धाउनेहरु
जनतालाई भर्याङ बनाई
अाफु माथीपुग्नेहरु
जनतालाई धेरै सपना बाड्नेहरु
सत्ताको साचो पाए पछि
नागरिक भुसुक्कै विर्सिदा रहेछन्

तर
याद गर्नुहोस

कठोर मन पगाल्ने दबाई जनतालाई था'छ
तर सहि समय कुरिराको छन,
थोरै भए पनि बदल्नुहोस,
सतकर्म गरेर नाम राख्नुहोस
कहिल्यै नदुख्ने कठोर मनलाई
बदल्नुहोस,महशुस गर्नुहोस

सरकार,
जनता छटपटाउँदै 
केहि झिनो अाशा राख्दै,
हामी यहिँ देशका नागरिक होै 
अब राहत हैन,अन्याय नगर 
सुखले बाच्न देउ सरकार भन्दैछन

सरकार कानमा तेल हाल्दै 
जनताको गुनासो को वास्ता नगरि,
कहिल्य सम्म अारामले बस्ने हो।।

अाफुले मस्ति गर्योै विदेश भ्रमण गर्योै
राज्यको सम्पती दोहन गर्योै 
तिमीलाई ढाड दुख्न हुन्न 
थाईलेण्ड दोैडिन्छोै 
पेट दुख्न हुन्न सिङ्गापुर हान्निन्छोैँ
खुट्टा दुख्न हुन्न दिल्ली धाउँछोै
भन सरकार,खुलेर भन
अब जनतालाई न्याय कसरी दिन्छोै ।।

सोझा साझा जनतालाई ,
यति ज्ञानी जनतालाई, किन मायाँ गर्दैनोै
किन मरेको सिनो जस्तो ब्यबहार गर्छोै 
अन्याय परेकालाई,उल्टै झपार्योै 
साच्चै सरकार स्वार्थी छोै 
साच्चै तिमी कठोर होैँ
त्यसैले त जति अापत,अपठ्यारो परोस
कहिल्यै छुदैन तिम्रो कठोर मन
सरकार किन कहिल्यै दुख्दैन त्यो मन।।

था' छ सिस्टमाका कुरा गरिरहदा
टाउको पट्ट फुट्ला जस्तो भाको छ
जनताले कति कष्ट र दुख पाको छ
कति नानीबाबु घाईते कतिको ज्यान गाको छ ।।

कयोैँ हिलो ढलमा बगेर सिद्दिएका छन
कति करेण्टको पासोमा परेका छन
यो ज्यादती कहिले सम्म सरकार
यो पासोमा कतिन्जेल पारिरहने हो।।

साच्चै दिमाख बम हुन थालीसकेको छ
कहिले पड्किन्छ पत्तो छैन 
ईतिहासको हेक्का होला
जनताले सहने एउटा सिमा हुन्छ
जब सिमाले परिधी काट्छ 
विस्पोटन हुन्छ र छेदविछेद हुन्छ
हाम्रा प्रमुख ज्यु छिटै सोच्न थाल्नुस
गरिवको सेवा गर्नुस 
पावर पहुच कति दिन टिक्ला 
सत्यको पर्दाफास हुन बाँकी नै छ
त्यसैले अाफुलाई जोगाउनुस
बचाउनुस नत्र जनताको त्यो 
एम्बुस एक दिन पड्कने छ 
जब यसै गरि अन्याय ले हद नाघ्छ
अबस्य पड्किन्छ ,
त्यति बेला नपछुत्ताउनु है सरकार।।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर