annapurna add

prakash sir poemविश्व व्यापक भाे भ्रष्टाचार लौ सब ठाउँमा !
सबै स्वार्थी बने मान्छे अर्कैकाे धन खानमा !!
किन कानुनको खिल्ली उडाई ब्यवहारमा !
अाचारण सबै छाेपी भ्रष्टाचार जहातहाँ !!
ब्यक्ति संस्था सबै क्षेत्र भ्रष्टाचार राजनीतिमा !
पक्षपात दुराचार कानुनको विपरितमा !!
किन खाडलमा मान्छे पर्दैछन् दिन रातमा !
उहीँ मान्छे उहीँ खुन पराइ ब्यवहारमा !!
किन स्वार्थीभई बाँच्न खाेज्छ मान्छे समाजमा !
सदाचार र सद्भाव हरायाे अहिले कहाँ ?
bhrastachaar prgrm ilamउमारी च्याउ झैं संस्था अगाडि बिलिए कति !
याे संस्था छातीमा हात राखेर लाग्न सक्छ कि ?
देशैभरि जरा हाँगा फैलियो ,विश्व मै अति !
सर्प गाेमनकाे बिष सरे झै शरीरै भरि !!
घूस खाेरी बलात्कारी षड्यन्त्रकारीकाे सब !
जराे काटी सदाचार वीज राेपौं मिली अब !!
विश्व ब्यापक याे खेल निर्मूल पार्नु पर्दछ !
क्रूर राहू हटाएर चन्द्रमा अब देख्नु छ !!
कहाँ सम्भव एक्लैले पसौं खाेज्न समुन्द्रमा !
बिष तक्षककाे फ्याँकी नुहाअौं स्वच्छ पानीमा !!
दिइयाे म प्रति मौका संस्था इलामले यहाँ !
धन्यवाद छ,संस्थाकाे भलाे हाेस् शुभकामना !!

प्रकाशचन्द्र खनाल
देउमाई नगरपालिका -४ मङ्गलबारे इलाम

थप कविता:

बुद्ध माफ गर्नुहाेस, फेरि खुँडा खुकुरीमा धार लाउनु पर्ने भाे !

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...