tealaya add

कबिता - "नव दुलहीकाे पिडा" 

bride

नव दुलही भएकाे
हप्ता दिनमै
बुढि माकाे जिम्मा लगाएर
मेरा याैवनका छाललाई उमालेर
हुईकिन्छ उ खाडितिर,
एक सुन्दर सपनाकाे पाेकाे बाेकि ।

पतिदेवकाे माेवाईलकाे घण्टी संगै
छचल्किन्छन मेरा याैवनका रसहरु
म साटन सक्दिन मेरा सप्तरंगी यौवनका चाहानाहरु।
र त
म र म जस्तै नव दुलहिहरु
निस्कन्छन घरबाट विभिन्न बाहानामा
कुनै शान्त ठाऊकाे खाेजीमा
नाठाे लिएर ।

म दमन गर्न सक्दिन
मेरा सप्तरंगी यौवनलाई र सुम्पिन्छु,
याे प्रकृतीकाे अनुपम उपहार,
उसैलाई
उ खेल्छ,
मस्तले मराे याैवनमा र,
मेराेफ प्यास मेटाउछ,
मानाै,
तिर्खाएकाे बटुवालाई पानी दिएर ।

हरेक तीन बर्षमा उछ उ
पाउना बनेर झुल्किन्छ उ
राम्रो संग पनि हेर्न नपाई,
उसकाे मुहार
उ फर्कन्छ खाडितिरै
अर्काे तीन बर्षकालागी ।

जन्मन्छन बच्चा हरु
कस्काे हाे ?
थाहा छैन आफैलाइ
नाता छ अनाैठाे
उसंग मेराे सम्बन्ध छ
फेरि
अर्कैसंग चल्दैछ जिन्दगीकाे रेल,
यसरी नै एउटा वारि र
अर्काे सात समुन्द्र पारि बसेर ।।

धन्यवाद ,

bishnu dhungana kantipath

विष्णु ढु्ंगाना गाैरादह ९,झापा

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...