tealaya add

मुक्तक: एक

दूर-दूर भइयाे अति, अब समीपमा सराैं न हुन्न र ?
जीवनका उकाली र अाेराली सँगै झराैँ न हुन्न र ?
न त तिम्रो एकल, न त मेराे एकल शासन यहाँ
अब मिलीजुली सरकार गठन गराैँ  न हुन्न र ?

मुक्तक: दुई

जब दुई नजरमा नजर  मिलायाै तिमीले ।
मायाकाे मिठाे अनुभूति दिलायाै तिमीले ।।
एक्लाे यात्री थिएँ म जीवनमा हिजाेसम्म
विहानै पिरतीकाे नसा पिलायाै तिमीले ।।

मुक्तक: तीन

माया दिए जस्ताे गर्याै, प्यास पाे जगायाै त ।
बाटाे नै कुरी बस्नु पर्ने गरी अाश पाे लगायाै त ।।
साेध्दै नसाेधी सुटुक्क अाई अधिकार नै जमायौ
मेराे मन मन्दिरलाई निजी निवास पाे बनायाै त ।।

मुक्तक: चार

जीवनकाे गाेरेटाेमा सँग-सँगै पाइला चालाैँ न हुन्न र ?
गन्तव्य एउटै तिम्रो-मेराे, यात्रा अाजै थालाैँ न हुन्न र ?
तिमीविना सुक्खा अनि उजाड छ मेराे याे जिन्दगी
मिलीजुली मलजल गरी हरियाली पाराैँ न हुन्न र ?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर