1478958692 banner ad format

 
 
कविता: छोरी, गर्भमा नआऊ
 
ए हजुर्
छोरी त आईपुगिनन् नि
अनायास
श्रीमतिको आवाज
मेरो कानमा ठोक्कियो
पिडामिश्रित यि शब्दहरु
आजकल हरेक घरमा 
गुन्जिन थालेका छन्
हरेक आगनमा
बेदना बनेर
बुद्धका नयनबाट
बगेका छन्
घडी हेरेंं 
मेरो धडकन बढ्न थाल्यो
जसको भरोसा
अनि बिस्वासमा
चैनको निद निदाउनु पर्ने हो 
उनीहरु मनको खुशी लुट्दै
अबोध बालिकाको 
बलात्कार गर्दै हिड्छन्
शान्ती र अमनचैन 
स्थापनाका खातिर 
खटिएका
प्रशासकहरु
बलात्कारका प्रमाण्
मेट्दै हिड्छन्
अनि
हाम्रा छोरा-छोरीको बलिदानको
रगत ओच्छाएर 
हामीले हातको नङ्ग्रा खियाएर
बगाएको
पसिना पिएर 
बलात्कारी र प्रशासकलाई
बचाउने
सपना देख्दै
बालुवाटार र सिंंहदरवार
कुम्भकर्ण झैंं  
बर्षौंदेखि निदाएको छ 
आज मै प्रती मेरो बिस्वास्
हराएको छ
त्यसैले
यो देश निन्द्राबाट 
नब्युझिए सम्म  
म तिम्रो अस्मिता 
रक्षा गर्न सक्दिन्
बिन्ती छ 
छोरी, 
तिमी गर्भमा न आउ ।

प्रकासित मिति

Loading...

 

yummyfood