1478958692 banner ad format

 
 
काठमाण्डौ- ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले तीन स्रष्टाहरूलाई सम्मान गरेको छ । बुधबार चितवनमा हाम्रो मझेरी साहित्य प्रतिष्ठानको बिसौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले सम्मान तथा पुरस्कार अर्पण गरेको हो ।
अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तीन स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । एक जना स्रस्टालाई सम्मान र दुई स्रस्टालाई पुरस्कार तथा सम्मान अर्पण गरेको हो ।
गजलकार एवम साहित्यिक पत्रकार गोर्खे साँइलो (ऋषिप्रसाद लामिछाने) लाई ओम कार्की स्मृति गजल रत्न सम्मान, गजलकार घायल श्री (लोकनाथ भुषाल) लाई ओम कार्की स्मृति सिर्जनशील पुरस्कार र सम्मानसहित गजलकार एवम कथाकार मन्दिरा मधु श्रीलाई ओम कार्की स्मृति पुरस्कार सहित सम्मान गरेको हो । प्रतिष्ठान कि अध्यक्ष अम्बिका कार्कीले आफ्ना पति ओम कार्कीको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन् । ओम कार्की जनयुद्धको क्रममा मारिएका थिए । 
कार्यक्रममा देशभरबाट साहित्यकारहरूको उपस्थिती भएको अम्बिका कार्कीले बताइन् । हाम्रो मझेरी साहित्य प्रतिष्ठानले देशभरका विभिन्न क्षेत्रबाट २१ जना स्रष्टाहरुलाई सम्मान, पुरस्कार एवम्  अवार्ड प्रदान गरेको छ । सो कार्यक्रममा अम्बिका कार्कीको 'संकल्प' १०१ गजलहरूको संग्रह लगायत  कृति विमोचन भएको थियो । 
 

प्रकासित मिति

Loading...

 

yummyfood