annapurna add

 

BIJAYANEWSXस्वार्थको भिडभीत्र बीउ रोपेर
हुर्केका बिरुवालाई मौसमले 
दिने बाधा र चोटहरु धर्तीले 
झेल्नुपरेको निराशाको खोटहरु
सग्लो फुलको थुँगा
सन्तोषजनक जिन्दगी

असङ्ख्या बहाना बनाएर
मैले फुलेको फुललाई बुझे सम्म
जिन्दगीलाई देखे सम्म

अलिकति हतारमा
दु:ख लुकाएर हाँसो बाड्ने
प्रतिशप्रदा जित्न फुलले
क्षणिकताको संघर्षले संसारमा
उत्साहको इन्द्रेणी फैलाउनु पर्छ
समाधिको घुम्तीमा बसेर
मक्किसकेका मन
सक्किसकेका सपनालाई
चकमन्न सुनसान रातमा
भीषण अध्यान गर्दा जिन्दगीले
हाँसो बाडेर रुनु पर्छ

छर्लङ्ग छन् हेर्ने नजर
टाढैबाट सुन्दर देखिन्छ
फुलेको फुल पनि
भोगेको जिन्दगी पनि

ठक्कर र चुनौतीपूर्ण पृष्ठहरु
पल्टाएर फुलेको सुन्दर फुलले
प्रेमीले मन, मन्दिरका भगवानहरु
रुझाउन निर्जीव बनेर पनि
निर्देशनमा नियन्त्रित भई फेरि
फुल्नु पर्छ

संसार लोभ्याउने फुलहरु
खुसियाली पुर्ण देखिने जिन्दगीको
वास्तविकता उस्तै उस्तै हुदोरहेछ 

फरक यति रहेछ जिन्दगी र फुलमा

पिडाको भवसागरमै फूल संसारको
लागि हाँस्न तयार हुन्छ
जिन्दगी जिन्दगीलाई नै छलेर
संसारनै त्याग्न तयार हुन्छ !!

 बिजयीता भण्डारी

थप कविता

सम्झना

'खै कहाँ छौ तिमी ?'

कविता : रहर बिचित्रको !

देश मिचिँदैछ कि, बेचिँदैछ ?

कविता : सङ्कुचित आशा

कविता - कसरी मनाउँ तिहार

कविता : म भिकारी छु

कविता : यसपालि दशैं

कविता : देशलाई छ उसको खाँचो

कविता : छोरी

कविता - तिम्रो चिनो

कविता : मायामा युद्ध भए

कविता - निर्मला पन्त

कविता : गन्तव्य

कविता : तिमी चोर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...