tealaya add

bijayata
मेरो बाबा
फराकिलो आकाशसँग
सहनशील धर्तीसँग
अलिकति खुसी किनेर
जुनको लागि भनेर साच्ने
विशाल पहाडबाट कहिले
थोरै सुख खोसेर त कहिले
ती चटानहरु पसिनाको
धारा बगाउदै तोडेर
अरुकै लागि बाच्ने
मेरो बाबा

बिना स्वार्थ पलाईरहने
ती रुखका पालुवाहरु
झेल्नुपरे झेल्दै भइ
ती किनारको हावा
वेगमा परेको बालुवाहरुसँग
पनि सिक्दै सिकाउदै
बुझ्दै अनि बुझाउदै
सानो बिरुवा फुलाउनु
कमिलाको ताति सँग लड्ने
खान्छन् भन्ने डरले भमराको
गोला समेत मार्ने
मेरो बाबा

किनारमा बसि बगिरने
नदिलाई सफलताको
काममाना हात फैलाउदै
भिख माग्ने भएका गल्ति कमजोरीहरु पनि
बग्न नदिन पश्चतापको आँसु
आफू दुखि भएर ठिकै मानिदिने
मेरो बाबा

सुर्यले अन्धकार चिर्न
रात भरको यात्रामा
संसार डुले झै
समयले दिएको जटिल परिस्थिति
चुनौती मानि लडाउदै ढलाउदै
संघर्षले संसारका बिश्वास र भरोसा
ब‍ोकि सन्तानको मनको झोलीमा भर्ने
मेरो बाबा

बिशाल समुन्द्रको गहिराइमा डुबेर
हिरा मोति भन्दा चम्किलो ज्ञान
दिन थकानले लखतरान हुदा
बाटोमै थकान छोडेर मन्द
मुस्कानको साथमा घरभित्र पस्ने
कर्तव्य रअधिकारको युद्धमा
बिचको न्यालयमा अलिकति पनि
बिचलित नभई बस्ने
मेरो बाबा

थप कविता 

कविता : देशलाई छ उसको खाँचो

कविता : छोरी

कविता - तिम्रो चिनो

कविता : मायामा युद्ध भए

कविता - निर्मला पन्त

कविता : गन्तव्य

कविता : तिमी चोर

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...