tealaya add

geetu poem
समुन्द्र जस्तै गहिरो छ योजना
हिमाल जस्तै उच्च छ भावना
युगौं युग बाँची राख तिमी
यहि छ मेरो शुभकामना !

सदाबहार बसन्त जस्तै गरी
फले फुले सदा तिमी कान्तिपथ,

बढाई रहनु प्रगतिका पाईला तिम्रा
यहि हो सबैको इच्छा,
सदा सदा फले फुले आँखामा राख्दा पनि
नबिझाउने बन्न सकोस् तिम्रो स्वरुप,

सुर्यका किरण जस्तै गरी पौष्टिक ज्ञान
प्रदान गर्न बाँचीराख तिमी,
अप्ठ्याराहरुलाई चिर्दै संधै अघि बढ्न सक तिमी

विचारको सम्बाहक बनेर सधैं अगाडि लम्क तिमी,
कलकल र छंगछंग गर्दै पवित्र गंगा बन्न सक तिमी

हिमालका कणकणहरुसंग मित्रता गाँस्दै
सगरमाथाको शिखर चुम्न सक तिमी,

मृत्युलाई पनि जीवनदान दिने संजीवनी बन्न सक तिमी
चिताहरुमा आगो बल्दा पनि शान्ति बिगुल फुक्न सक तिमी

जीवनको अन्तिम घडीसम्म पनि यहि गर्छु म कामना
सदा सदाका लागि कान्तिपथ तिमीलाई यहि छ मेरो शुभकामना !

- गीता आचार्य 'समृद्धि'

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...