annapurna add

nar b karki poemजो बनाउछन ति अक्सर आफु हराउछन
सिङमरमर सँग घोटिएर कारीगरका
औंला हराउछन
मान्छे ताज महल पुगेर मुमताज र शाहजहाको
प्रेम गीत गाउछन
साइनाइड र एसिड पोखिएर आफु
ढलको पानीमा बग्दछन
उसैले बनाएको पवित्र सुनका गहना
टल्काएर मान्छे सुनौला औकात देखाउछन
जो अक्सर बनाउछन, उनिहरु हराउछन ।

कोइला खानि र टेक्सटायलका मजदुर
आफु पसिनाले निथ्रुक्कै भिज्छन
हिराको चमक र धार दिने औंला
आफ्नै सपना घोटेर खुम्च्याउ छन
कृष्णसेनको कलम घोटिन्छ र निब खिईन्छ
मसी फैलिएर भिमकाय तस्बिर बन्छ कसैको
उनका अक्षरलाई उस्को तस्बिरले बिस्थापित गर्छ

अन्तमा ताज महलले
ति औंला चिन्दैन
सुनले साइनाइड चिन्दैन
हिराले ति आँखा चिन्दैन
तस्बिरले कृष्णसेन चिन्दैन
र नचिन्ने मात्र होइन
उनिहरुको कुर्वानी अबैध घोषणा गरिदिन्छ
किनकी बैध त सत्ता मात्र हुन्छ
बैध त बजारको मोल मात्र हुन्छ
जो अक्सर बनाउछन, उनिहरु हराउछन ।

जो मेटाउछन आफुलाई र सिन्चन गर्छन् भविष्यलाई
श्रमिक बनेर, सहिद बनेर र देशभक्त बनेर
अबैध बन्छ उनिहरुको कुर्वानी
उनिहरु हिंडेको बाटो
ग्लानी वन्छन उनिहरुका पसिना र सपना
जो अक्सर बनाउछन, उनिहरु हराउछन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...