tealaya add

 singer maila lama

कमरेडहरू हो
कमरेडहरूदेखि होसियार !

सत्ताको रछ्यानमा
गुजुक गुजुक गर्ने पनि कमरेड छन्
पूँजीवादको जूठो खान
उजुक उजुक गर्ने पनि कमरेड छन्
पूँजीवादको टाट्नामा
म्याँ म्याँ गर्ने कमरेडदेखि होसियार
कमरेडहरू हो
सरकारी कमरेडदेखि होसियार !

यो समय
सवैभन्दा बढी खतरा
कमरेडहरूबाटै छ
ती पुलिसका सुराकी हुन सक्छन्
हिजो सँगै लडेको भनेर हुँदैन
हिजो ठूलो त्याग गरेको भनेर पनि हुँदैन
हिजो झण्डै मरेको भनेर पनि हुँदैन
तिनीहरू बिक्री भैसकेका हुन सक्छन्
मानवखोर व्यवस्थाका
जिक्री भैसकेका पनि हुन सक्छन्
उस्तै झण्डा देखेर नझुक्किनू
ती हत्यारा भैसकेका हुन सक्छन्
कमरेडहरू हो
यो समय सवैभन्दा बढी मुस्किल छ-
कमरेडहरूबाट जोगिन
कमरेडहरूबाट होसियार !

ती आँसु बगाउँदै आउलान्
आँसुदेखि पनि होसियार
ती मुस्कुराउँदै आउलान
नक्कली मुस्कानदेखि पनि होसियार
ती हात मिलाउँन आउलान
ती फोहोरी हातदेखि पनि होसिया
ती हातहरूभर्खरै
कमिशन समाएर फर्केका हुन सक्छन्
ती हातहरू भर्खरै
कसैको घाँटी थिचेर फर्केका पनि हुन सक्छन्
ती हातहरू भर्खरै
कुनै युवतीको छात्ती चिथोरेर
फर्कदै गरेका पनि हुन सक्छन्
कमरेडहरू हो
सवैभन्दा बढी कमरेड कुहेको
यो क्रुर क्रुर मौसम हो
कमरेडहरूदेखि होसियार !

तिनीहरू
पुरानै अनुहारमा आउँने छन्
पुरानै परिधानमा आउँने छन्
समाजवादको कुरा गर्लान
समृध्दिको कुरा गर्लान
जागिर लगाइदिने
या विकासको बाढी बगाइदिने कुरा गर्लान्
झुक्किन एकदम मनाही छ
यो कमरेडहरूको हत्यामा
कमरेडले उत्सव मनाएको समय हो
कमरेडहरूको हत्याको जाल
कमरेडले बुनेको समय हो
यो समय-
कमरेड ठग
कमरेड कमिशनखोर
कमरेड बलात्कारी
कमरेड भ्रष्टाचारी
कमरेड तस्कर
कमरेड गद्दार
यस्तै यस्तै मौलाएको समय हो
यो समय
हुलका हुल कमरेडहरूको
भारी अपघटनको समय हो
इमान्दार कमरेडहरू हो
जाली कमरेडहरूबाट होसियार !

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...