tealaya add

bijyata copy
ओल्टाइ पोल्टाइ हेर्छु 
कहिले अङ्गालोमा बेर्छु
 रिस पनि उसैलाई पोख्छु
एकैछिन नदेखे यताउता खोज्छु

जब भाग्य  बिरानो भई भाग्छ
त्यहीँ संसारकै सुन्दर लाग्छ 
त्यो एकान्त पल हुन्छ कहाँ 
तिम्रो चिनो हुन्छ  जहाँ

बादलको ढिक्काहरु बहिरहन्छन्
सुर्यका रोशनीहरु चम्किरहन्छन्

छन् ती औचीत्य  हीन हीरा मोती 
संसारमै सुन्दर तिम्रो चिनो छ माथि 

दिल र दिमागले स्मरण गरिरहने
मन भित्रका घाउहरु  भरिरहने
रुप नहोला रङ्ग नहोला देखिन्छ सानो 
अतुलनीय छ अमुल्य छ तिम्रो चिनो

म गएँ तिमी बाट धेरै टाढा सरी
तिम्रो संसारमा नफर्किने गरी
 ठाने पाउनु मात्र ठुलो हैन रहेछ
तिम्रो चिनो अब जिउने सहारा भएछ

किसैले नदेख्ने गरि मनमा साचेको छु
मात्र मानसपटलमा लुकाइ राखेको छु
तिम्रो अतुलनीय मायाको उपहारको मानो
हेरेर आँखाहरु नथाक्ने मात्र छ तिम्रो चिनो

जिउने आधार छन् तिमी सँगको साथहरु
अविष्मरणीय छन् आँसु झर्दा थापेका हातहरु
फर्कीएर फेरी ती दिन आईदिए हुन्थ्यो झैँ लाग्छ
मरिसक्यो ईच्छा अब तिम्रो चिनो हेर्ने पाए पुग्छ

       

प्रकासित मिति

 
 
Loading...
Loading...