tealaya add

bijyata final

उनको पहिलो रुवाईसंग
कति खुसिका आँसु बर्सिएका थिए
उनको पहिलो मुस्कानसंग
हाँसोको गुनगुनाहट गुन्जियेको थियो
उनको लरबराउने पाईलाहरुसंग
कती सपनाहरु हुर्कंदै थिए 

भर्खरै किताब र कलम बोकेर मुसकुराउदै विद्यालय जाने
भयेकि थिएनौं बेदना र पीडा सहन सक्ने
उमेर संगै सोचाई पनि थियो सानो
थाहा थियेन उनलाई हिंस्रकहरुपनि छन् मलाई खाने 

हिंसाको सिकार बनी पुग्यौं तिमी टाढा
नेपालको न्याय र प्रसासन बन्यो छाडा
भाषण र ईन्टरनेट मात्र सिमित भयो सजाय
एक वर्ष बितिसक्दा पनि खोइ कहाँ छ त्यो न्याय ?

अझैसम्म कानुन अल्झीरहेको छ रिपोर्टमा
तडपिरहेछन् आमा र बाबा सन्तानको बियोगमा
अरु पनि छन् जिबितै निर्मला
न्याय पाउन कति गर्नुपर्ने मुद्दा मामिला 

हिजो थिईन एक बनिन् बलत्कारको सिकार
पैसामा बिक्ने कानुनलाई निर्दोष बालिकाको के फिकर
अपराधलाई छुपाई नबनाउ अपराधीलाई साहासी
हजारौं निर्मलाको अकालमा ज्यान जान्छ
अपराधीलाई नदिये फासी  

बिजयीता भण्डारी / हाल : मेची नगरपालीका वडा नं. ४ झापा

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...